२३ भदौ २०८३, मंगलबार | September 9, 2026

चितवनमा मैयाँदेवी स्‍मृति यु १९ महिला क्रिकेट प्रतियोगिता सुरु, गण्डकी प्रदेशको विजयी सुरुवात



चितवन । चितवनमा प्रदेशस्तरीय यु-१९ महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबार देखी सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । चितवनको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले १० ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा सीमाना केसीले नटआउट २० रन बनाईन् । ३४ बल खेलेकी सीमानाले २ चौका प्रहार गरिन् । सुदुरपश्चिमकी अनु कडायत र जानका थापाले १-१ विकेट लिए ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदुरपश्चिम १६ ओभर १ बलमा ५७ रनमा समेटियो । उसका लागि सावित्री धामीले १२ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी निरुता जिटी एक्लैले ४ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी निरुताले एक मेडन राख्दै ४ रन मात्र खर्चिन् । ज्योत्सनिका मरासिनीले २ तथा आकृति तिवारी र सीमाना केसीले १-१ विकेट हात पारे । ४ विकेट लिएकी निरुता प्लेयर अफ दि म्याच बनिन् ।

यस अघि प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्घाटन गरेकी थिईन् । उद्घाटन कार्यक्रममा मेयर दाहालसँगै, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मैयाँदेवी ट्रष्टका महासचिव टंकनाथ पौडेल र नेपाल नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतले बोलेका थिए । १९ गतेसम्म चल्ने प्रतियोगिताका सातै प्रदेशबाट महिला टोलीको सहभागिता छ । यस प्रतियोगितालाई क्यानले आफ्नो वार्षिक क्यालेन्डरमा समेत समेटेको थियो ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : ५९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी