८ पुस २०८२, मंगलबार | December 23, 2025

सिधनियामा व्यवस्थित दाहसंस्कार स्थल निर्माणको लागि ताते नागरिक अगुवा



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् । नेपालगन्जबाट–७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको लागि नागरिक अगुवाहरुले पहल अघि बढाएका हुन् ।

व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि लगातार स्थलगत अनुगमन र श्रोतको खोजी कार्य भैरहेको अधिबक्ता तथा नागरिक अगुवा विकास आचार्यले बताए । मानिस बाचुञ्जेल जे जस्तो गरेपनि उसको अन्तिम घर (दाहसंस्कार) जाँदा दुख कष्ट नहोस भन्ने किसिमले मानिसको अन्तिम घर बनाउन खोजिएको अधिबक्ता आचार्यले बताए ।

सिधनियाघाटमा दाहसंस्कारमा अहिले जारी समस्या हटाउनको लागि आफुहरु एकताबद्ध भएर लागिपरेको मानवअधिकारकर्मी भोला महतले बताए । राप्तीनदी किनारमा शवदाहस्थलसहित खानेपानी, विद्युत, आराम गर्ने हल, भलिबल कोर्ट, पार्क लगायतका संरचना निर्माणको योजनासहित जुटेको मानवअधिकारकर्मी महतले जानकारी दिए ।

राप्ती नदी किनारमा अन्तिम संस्कारका लागि पुग्नेहरू घामपानीको समयमा समस्यामा पर्नेगरेका छन् । यसैगरी बाढीको समयमा अन्तिम संस्कारका लागि उपयुक्त स्थान पाउन मुस्किल हुनेगरेको छ । अब्यवस्थित तरकिाले शवको दाह संस्कार गरिँदा अन्तिमकर्मका फोहरले नदी किनार प्रदुषित समेत हुँदै आएको छ ।

राप्तीपुल निर्माणसंगै पुलको उत्तरसाइडमा बन्ने शवगृहको लागि स्थानीय तह, प्रदेश र संघीय तहका दाताको सहयोगमा मात्र निर्माण कार्य सम्भव हुने अगुवाहरुको भनाई छ । सरकारी तहबाहेक दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाएपछि नागरिकस्तरबाट पहल अघि बढाइएको उनीहरुले जनाए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ०९ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस