२ पुस २०८२, बुधबार | December 18, 2025

नवौं डाँफे कप फुटबलको तयारी पूरा, भोलिबाट खजुरामा फुटबल भिडन्त



खजुरा । बाँकेकै जेठो क्लबहरुमध्यको न्यु डाँफे स्पार्टस् क्लव खजुराको आयोजनामा सोमबार(भोलि) बाट सुरु हुने नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना हुने फुटबल प्रतियोगिताको तयारी पुरा भएको न्यु डाँफे क्लवका खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।

सोमबार मध्यान्ह १ बजे खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बिक तुफानले उदघाटन गर्ने फुटबल प्रतियोगितामा उदघाटन खेल बाग्मती युथ क्लव र पुशपति युवा क्लव बीच हुने छ ।

नक आउट फूटबल प्रतियोगितामा बाँके जिल्लाका १४ वटा क्लवहरुले भाग लिएको प्रतियोगितका प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

खेल संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५०० रुपिया प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।

प्रथम पुरस्कर खजुरा ४ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत प्रायोजन गरेका छन् भने बेष्ट स्कोरर, बेष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताको पुरस्कार भने जिल्ला फुटवल संघले प्रायोजन गर्ने भएको छ ।

ए डिभिजनको फुटबलको खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव २०३८ सालमा गठन भएको क्लव हो ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ४६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल