३ भदौ २०८३, बुधबार | August 19, 2026

नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिता : डाँफे स्पोर्टस ‘ए’ र एफ सि ब्रोदर्श विजयी



बुटवल । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिताको आजको खेलमा डाँफे स्पोर्टस ‘ए’ खजुरा र एफ सि ब्रोदर्श खजुरा विजयी भएका छन ।

न्यु डाँफे स्पोर्टस् क्लवको आयोजनामा खजुराको मिनी रंगशालामा भएको पहिलो खेलमा आयोजक न्यु डाँफे स्पोर्टस ‘ए’ खजुराले मनकामना समाज सुधार युथ क्लब, कोहलपुरलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

न्यु डाँफेका स्ट्राइकर फागुराम थारुले प्रतियोगिताको पहिलो हयाट्रिक गरे । उनले एक्लै खेलमा ४ गोल गरे कुबेर सिंहले थप एक गोल गरे । खेलमा मनकामना समाज सुधार युथ क्लबका खेलाडीहरु अनुशासन बिपरित अन्तिम ५ मिनेट समय बाँकी रहदै मैदान छाडेका थिए । सो खेलमा न्यु डाँफेका फागुराम थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

आजै सम्पन्न भएको अर्को खेलमा एफसि ब्रोदर्श खजुरा विजयी भएको छ । एफसि ब्रोदशले न्यु जन परोपकार युवा स्पोर्टस क्लबलाई ३—० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एफसि ब्रोदर्शका प्रेम सुनारले हयाट्रिक गरे । योसंगै प्रतियोगितामा दुई खेलमा लगातार दुई हयाट्रिक भएको छ । खेलमा एससि ब्रोदर्शका प्रेम सुनार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबिर सुनारले बताए । १४ टिमले भाग लिएको प्रतियोगिता माघ २३ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ५८ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार