२० मंसिर २०८२, शनिबार | December 6, 2025

चिसोबाट जोगाउन विद्यार्थीहरुलाई माछापुच्छ्रे बैंकको न्यानो स्वीटर



काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतविभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले बढ्दै गईरहेका जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशीप्रदेशको उदयपुर जिल्ला स्थित श्री आधारभुत विद्यालय (ECD-8) सिवाई बेल्हा र श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरुलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटरहरु वितरण गरेको हो ।

यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्ला स्थित श्री जनता आधारभुत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरुलाईपनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ । बैंकले विद्यालयहरुसंगको समन्यवमा ती विद्यालयहरुमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३१० थान स्वीटर वितरण गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत देशका सातै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका अन्य कामहरुमा स्थानिय निकायहरुसंग सहकार्य गर्दै आई रहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १२७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ११ : २९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति