११ श्रावण २०८३, सोमबार | July 27, 2026

सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन नेकपाको जन्म : एमाले सचिव अर्याल



बुटवल । नेकपा (एमाले) की केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनवादी व्यवस्था स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताएकी छन् । नेकपा (एमाले) रुपन्देहीद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रमको दोश्रो दिन प्रशिक्षणमूलक मन्तब्य ब्यक्त गर्दै अर्यालले नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउँदै राष्ट्रिय स्वाधिनताका लागि, सामन्तवादलाई जरैदेखि उन्मुलन गरेर जनवादी व्यवस्था स्थापना गर्नका लागि भएको बताएकी हुन् ।

उनले नेकपाले सामाजिक न्याय, समानता र समृद्धिसहितको समाजवाद स्थापना सहित तीनवटा अभिभारा पूरा गर्ने उद्देश्य राखेको स्पष्ट पारिन् ।

उनले नेपालमा दक्षिणपन्थी, वामपन्थी र पश्चगामी गरी ३ खालका पार्टीहरु रहेको प्रसंग उल्लेख गर्दै सवै पार्टीहरुको वर्ग चरित्र, नेकपा (एमाले) र उनीहरुकावीच रहेको भिन्नता तथा पार्टीले समाजवादी कार्यक्रम कसरी सञ्चालन गर्छ भन्नेवारेमा विभिन्न सन्दर्भ सहित ब्याख्या गरिन् । सरकारमा रहँदा गरिएका समाजवादउन्मुख कार्यक्रमको चर्चा गर्दै उनले विदेशी शक्तिका कारण पार्टीलाई सत्ताबाट हटाइएको दाबी गरिन् ।

पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज दलवहादुर रानाले सवैको समान क्षमता नहुने भएकोले रुचि, इच्छा र क्षमता अनुसार विषयमा दक्षता प्राप्त गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

प्रशिक्षण पश्चात् पार्टी विस्तार र सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले गत चुनावमा गिरेको शाख फर्काउन सक्ने क्षमता विकास हुन सकोस् भनी प्रशिक्षार्थीहरुलाई शुभकामना दिए ।

अबका दिनमा गाउँ कमिटी र वडा कमिटीलाई सतर्कतासहित आर्थिक विषयमा बलियो वनाउने गरी नीति वनाउन आग्रह गर्दै रानाले मौलिक तरिकाले समाजवादमा कसरी पुग्न सकिन्छ भनेर पाठ्यक्रममा समावेश हुनुपर्ने धारणा राखे ।

पार्टीलाई पूर्णकालिन कार्यकर्ता चाहिन्छ भने तिनको व्यवस्थापन कसरी हुन्छ ? चाहिदैन भने पेशा व्यवसाय गरेर बँचेको समयमा पार्टी नेतृत्व गर्नेले समाजवादमा पुग्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न गर्दै यसको जवाफ आफै खोज्न र तदनुसारको कदम चाल्न निर्देशन दिए ।

यस अघि पार्टी केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेशका स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवालीले पार्टी संगठन ब्यवस्थापनवारे प्रशिक्षण दिएका थिए । उनले जनसंगठन र पार्टीवीचको भिन्नता, लेनिनवादी संगठनात्मक शैली, संगठनात्मक ब्यवस्थापनका तीन पक्ष, मानव जीवन र संगठनका बीचमा रहेको भिन्नता, परिवर्तित अवस्थामा वर्ग संघर्षको स्वरुप, जनआधारित पार्टी नेकपा (एमाले)का विशेषता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै केन्द्रीय स्कुल बिभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सिप, शैली र कला विषयमा प्रशिक्षण दिएका थिए । त्यस अवसरमा कोइरालाले कार्यकर्ता, नागरिक र नेताकावीचमा हुनुपर्ने सम्वन्धकावारेमा प्रकाश पार्दै विषयगत ज्ञान कसरी प्रस्तुत गर्दा मानिसले ग्रहण गर्न सक्छन् भन्नेवारेमा छलफल चलाएका थिए ।

दोश्रो दिन रुपन्देही पार्टी अध्यक्ष तेजेन्द्र केसीले जिल्लाको इतिहास लेखन भइरहेकोले आवश्यक सुझाव दिन आग्रह गरे भने जिल्ला स्कुल विभाग प्रमुख युवराज घिमिरेले कसरी र किन स्कुल आवश्यक छ ? भन्नेवारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : १० बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न