२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा



काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ ।

सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो ।

जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका व्यापारिक साझेदार हुन् । जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो ।

‘जोशीको घरमा रहेको सर्भर उठाइएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जोशीको घरसमेत रहेको नेचर हर्बको कार्यालयबाट सर्भरलगायत उठाइदिनका लागि परिसरसँग सहयोग मागेको थियो ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी परेको थियो ।

जोशी प्रहरी सेवाबाट अवकाश भएपछि राईका पार्टनर बनेका थिए । गैरकानुनी नेटवर्किङ कारोबार गरेको आशंकामा नेचर हर्बमा वाणिज्य विभागले समेत यसअघि छापा मारेर कागजात खोजेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी प्रकरणमा संस्थापक अध्यक्ष जिबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

सूर्यदर्शन सहकारीका सञ्चालक राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए ।

राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो ।

सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो । उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : २५ बजे

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति