२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी



काठमाडौं । लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ । हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब ‘निलो कार्ड’ पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो ।

टेलिग्राफको रिपोर्ट अनुसार निलो कार्डको ट्रायल छिटै हुने बताइएको छ । रिपोर्टमा यसै सातादेखि ट्रायल हुने भनिएपनि फिफाले भने यसको खण्डन गरेको छ । रिपोर्टमा अन्तर्राष्ट्रिय फुटबल एसिसियासन बोर्डले यसै साता निलो कार्डको ट्रायल गर्ने र अर्को सिजनदेखि सबै खेलमा लागु गर्ने दाबि गरिएको छ ।

‘निलो कार्ड’ कुनै खेलाडीले खेलका क्रममा फाउल गरेमा रेफ्रीले सो खेलाडीलाई १० मिनेटका लागि मैदान बाहिर पठाउन सक्ने गरि प्रयोगमा ल्याउन थालिएको बताइएको छ । तर फिफाले भने निलो कार्ड अर्थात ब्लू कार्ड प्रयोगको विषय अहिले ट्रायल नहुने र यस विषयमा आगामी मार्च १ मा हुने एजिएममा छलफल हुने स्पष्ट गरेको छ ।

फुटबलमा ‘ब्लू कार्ड’ को प्रयोग भने केहि ग्रासरुट प्रतियोगिताहरुमा भने प्रयोगमा रहेको छ । प्रोफेसनल फुटबलमा ब्लू कार्डको प्रयोग बारे युइएफएका प्रेसिडेन्टले भने यसको विपक्षमा आफ्नो मत राख्दै यसले फुटबललाई फुटबलको रुपमा नराख्ने प्रतिक्रिया दिएका छन् ।

रातो र पहेलो बाहेक अहिले पोर्चुगलमा सेतो कार्ड पनि प्रयोगमा रहेको छ । सेतो कार्डको प्रयोग भने खेलका क्रममा खेलाडीले देखाएको खेल भावनाको कदर गर्न रेफ्रीले प्रयोग गर्ने गरेका छन् । पोर्चुगल फुटबल फेडेरेसनले फुटबलमा खेल भावना बढाउन सेतो कार्ड प्रयोगमा ल्याएको बताएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ३३ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा