२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी



काठमाडौं । लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ । हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब ‘निलो कार्ड’ पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो ।

टेलिग्राफको रिपोर्ट अनुसार निलो कार्डको ट्रायल छिटै हुने बताइएको छ । रिपोर्टमा यसै सातादेखि ट्रायल हुने भनिएपनि फिफाले भने यसको खण्डन गरेको छ । रिपोर्टमा अन्तर्राष्ट्रिय फुटबल एसिसियासन बोर्डले यसै साता निलो कार्डको ट्रायल गर्ने र अर्को सिजनदेखि सबै खेलमा लागु गर्ने दाबि गरिएको छ ।

‘निलो कार्ड’ कुनै खेलाडीले खेलका क्रममा फाउल गरेमा रेफ्रीले सो खेलाडीलाई १० मिनेटका लागि मैदान बाहिर पठाउन सक्ने गरि प्रयोगमा ल्याउन थालिएको बताइएको छ । तर फिफाले भने निलो कार्ड अर्थात ब्लू कार्ड प्रयोगको विषय अहिले ट्रायल नहुने र यस विषयमा आगामी मार्च १ मा हुने एजिएममा छलफल हुने स्पष्ट गरेको छ ।

फुटबलमा ‘ब्लू कार्ड’ को प्रयोग भने केहि ग्रासरुट प्रतियोगिताहरुमा भने प्रयोगमा रहेको छ । प्रोफेसनल फुटबलमा ब्लू कार्डको प्रयोग बारे युइएफएका प्रेसिडेन्टले भने यसको विपक्षमा आफ्नो मत राख्दै यसले फुटबललाई फुटबलको रुपमा नराख्ने प्रतिक्रिया दिएका छन् ।

रातो र पहेलो बाहेक अहिले पोर्चुगलमा सेतो कार्ड पनि प्रयोगमा रहेको छ । सेतो कार्डको प्रयोग भने खेलका क्रममा खेलाडीले देखाएको खेल भावनाको कदर गर्न रेफ्रीले प्रयोग गर्ने गरेका छन् । पोर्चुगल फुटबल फेडेरेसनले फुटबलमा खेल भावना बढाउन सेतो कार्ड प्रयोगमा ल्याएको बताएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ३३ बजे

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८

त्रिभुवन विश्वविद्यालयमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् ।

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार