३ पुस २०८२, बिहिबार | December 18, 2025

अध्यक्षलाई पुर्नबाहली नगरेको भन्दै एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालका मेसुलाई बुझायो ज्ञापनपत्र



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुर्दशन थापाले अदालतको आदेश पालना नगरी अध्यक्षलाई पुर्न बाहली नगरेको भन्दै नेकपा एमाले रुपन्देहीले डा. थापालाई ज्ञापन पत्र बुझाएको छ ।

तत्कालिन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेश भरका ६ अस्पतालका अध्यक्षहरु रिट सहित सर्वोच्च पुगेका थिए । त्यहि बीचमा हालका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन वझालाई नियुक्त गरेको थियो । तर सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नु/गराउनु भनेपनि अध्यक्षमा पुर्नबाहली हुनुपर्ने अजयमान श्रेष्ठलाई मेसु थापालाई असहयोग गरेको भन्दै एमाले पार्टीले ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण भएको बताएको हो ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेश पछि स्वत पुरानै अध्यक्षहरु पदमा रहने भएपनि मेसु थापाले अदालतको आदेशको अवहेलना गरेको बताए । उनले अन्य पाँच अस्पतालहरुमा पुरानै अध्यक्षहरुले काम गरिरहेको भएपनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने मेसुकै कारण अध्यक्ष कार्यालयमा आउन नसकेको बताए । उनले मेसु डा. थापालाई अध्यक्षको नामप्लेट र कुर्ची कार्यकक्षमा राख्न माग गरे ।

ज्ञापन पत्र बुझ्दै डा. थापाले सर्वोच्चको रिट कार्यान्वयन गर्ने गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुर्नवहाली नरोकिएको बताए । उनले मुख्यमन्त्री कार्यालयलाई विपक्ष बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुराउने बताए ।

साथै उनले आफ्ना कानुनी सल्लाहकारको राय सहित अघि बढ्ने समेत बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु बावुराम भट्राई, गोपाल राना, रुपन्देही क्षेत्र नं. २ का ईन्चार्ज क्रृषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बावुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पुर्व मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ४१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका