२९ भदौ २०८३, सोमबार | September 15, 2026

अध्यक्षलाई पुर्नबाहली नगरेको भन्दै एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालका मेसुलाई बुझायो ज्ञापनपत्र



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुर्दशन थापाले अदालतको आदेश पालना नगरी अध्यक्षलाई पुर्न बाहली नगरेको भन्दै नेकपा एमाले रुपन्देहीले डा. थापालाई ज्ञापन पत्र बुझाएको छ ।

तत्कालिन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेश भरका ६ अस्पतालका अध्यक्षहरु रिट सहित सर्वोच्च पुगेका थिए । त्यहि बीचमा हालका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन वझालाई नियुक्त गरेको थियो । तर सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नु/गराउनु भनेपनि अध्यक्षमा पुर्नबाहली हुनुपर्ने अजयमान श्रेष्ठलाई मेसु थापालाई असहयोग गरेको भन्दै एमाले पार्टीले ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण भएको बताएको हो ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेश पछि स्वत पुरानै अध्यक्षहरु पदमा रहने भएपनि मेसु थापाले अदालतको आदेशको अवहेलना गरेको बताए । उनले अन्य पाँच अस्पतालहरुमा पुरानै अध्यक्षहरुले काम गरिरहेको भएपनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने मेसुकै कारण अध्यक्ष कार्यालयमा आउन नसकेको बताए । उनले मेसु डा. थापालाई अध्यक्षको नामप्लेट र कुर्ची कार्यकक्षमा राख्न माग गरे ।

ज्ञापन पत्र बुझ्दै डा. थापाले सर्वोच्चको रिट कार्यान्वयन गर्ने गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुर्नवहाली नरोकिएको बताए । उनले मुख्यमन्त्री कार्यालयलाई विपक्ष बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुराउने बताए ।

साथै उनले आफ्ना कानुनी सल्लाहकारको राय सहित अघि बढ्ने समेत बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु बावुराम भट्राई, गोपाल राना, रुपन्देही क्षेत्र नं. २ का ईन्चार्ज क्रृषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बावुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पुर्व मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ४१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ