६ श्रावण २०८३, बुधबार | July 22, 2026

बेवारिसे बरामदी सवारी साधन लिलामी गर्दै बाँके प्रहरी



नेपालगन्ज । प्रहरी चेकजाँचका क्रममा बरामद गरेर बर्षौदेखि प्रहरी कार्यालयमा थन्काइएका सवारी साधनलाई बाँके प्रहरीले लिलामी गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सहित बिभिन्न प्रहरीका युनिटहरुमा थन्काइएका १ सय ४० थान सवारी साधनलाई बाँके प्रहरीले लिलामी गर्ने भएको हो ।

जिल्ला प्रहरी तथा मातहतका प्रहरी इकाईहरुमा रहेका विभिन्न समयमा विविध कारणले नियन्त्रणमा लिइएका स्वामित्व नखुलेका तथा कागजपत्र नभेटिएका पुराना सवारी साधनहरुको लिलामी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए । उनले कानुनी प्रक्रिया पुरा व्यवस्थापन गर्नुपर्ने भएकोले लिलाम सूचना प्रकाशित गरी प्रक्रिया अगाडी बढाएको जानकारी दिए । घिमिरेका अनुसार सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को दफा २० बमोजिम लिलाम बिक्री प्रक्रिया थालिएको हो ।

माघ २५ गतेदेखि लागू हुनेगरी १५ दिने लिलाम बिक्रीको सार्वजनिक सूचना प्रकाशित गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीका विभिन्न इकाईहरुमा समयसमयमा बरामद गरिएका सयौं मोटरसाइकलहरु कवार्ड बन्ने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : ४१ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको