४ भदौ २०८३, बिहिबार | August 20, 2026

एघारौँ दीप गायन तारा फागुन ४ र ५ गते



बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ ।

विद्यालयले आज पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते रुपन्देही क्षेत्र भित्रका माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रतियोगितामा सहभागिताका लागि १६६ वटा विद्यालयमा पत्राचार गरिएको र सामाजिक सञ्जाल तथा पत्रपत्रिका, रेडियो एवम् अनलाइन मार्फत् रुपन्देहीका विद्यालयहरूलाई सूचना सम्प्रेषित गरिएको बताए भने प्रतियोगितामा ५५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा रहेको बताए । त्यसैगरी दीप गायन तारा प्रतियोगिताको एघारौँ संस्करणका संयोजक बालकृष्ण पाठकले उपस्थित पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै दीप गायन तारा प्रतियोगिताका गतिविधिलाई छापा, मिडिया तथा अनलाइनमार्फत् समाचार प्रकाशन तथा प्रसारण गरिदिन अनुरोध गरेका थिए ।

प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई/दुई हजारका साथ सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.समिति सदस्य वसन्तकुमार जोशी, कार्यक्रम सहसंयोजक श्याम बस्याल, प्रचार प्रसार उपसमिति संयोजक दिपक चन्द्र भुसाल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमकोे सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए भने कार्यक्रम मूल आयोजक समितिका सदस्यहरू कृष्ण भुसाल, विजया थापा, विजय सापकोटा, रेखा आचार्य, विन्देश्वर शाहलगायतले सहजीकरण गरेका थिए ।

यस प्रतियोगितामा हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विवेक पङ्गेनी गरी जम्मा १० जनाप्रतियोगी विद्यार्थी दीप गायन तारा बनेका छन् भने यस प्रतियोगिताका कतिपय विजेताहरूले हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा ख्याति कमाएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ०६ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक