४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

एसीसी महिला प्रिमियर कप : नेपालको सामना भुटानसँग



काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले भुटानको सामना गर्दैछ । मलेसियाको बायुएमास ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७ः १५ बजेदेखि शुरु हुने छ ।

नेपाल र भुटानले समुह डी अन्तर्गतको आ-आफ्नो पहिलो खेल जितेका छन् । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै भुटानले माल्दिभ्सलाई ९४ रन अन्तरले पराजित गरेको थियो ।

समुह डी मा रहेका हङकङ र माल्दिभ्सले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने तालिका रहेको छ ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् । चार समुहका विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।

क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : २१ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको