४ भदौ २०८३, बिहिबार | August 20, 2026

रोहिणीको धकधईमा ‘एएनपीआर क्यामेरा’ जडान



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन ‘एएनपीआर क्यामेरा’ जडान गरिएको छ ।

भैरहवा-परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको नम्बर प्लेट पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले एएनपीआर क्यामेरा जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

ईलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब सवारी दुर्घटनापश्चात उक्त दुर्घटनाबारे अनुसन्धान गर्न थप सजहता प्रदान हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । ‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि हो । सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो क्यामेरा महत्वपूर्ण छ, ’उनले भने । ईप्रका धकधईबाट निगरानी हुने गरी क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।

रोहिणी-२ का वडाअध्यक्ष करम हुसेन खानले यहाँ आवातजावत हुने सवारीसाधनको नम्बर प्लेट ‘एएनपीआर क्यामेरा’ ले पहिचान गर्ने भएकाले घटनाको अनुसन्धान छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण चालकहरु ‘हिट एण्ड रन’ गरेर भाग्ने भएकाले सवारीसाधनको ‘मुभमेन्ट’ पत्ता लगाउन सजिलो हुने भएकाले यो क्यामेरा बहुउपयोगी हुने विश्वास लिइएको बताए । उनले भने, ‘क्यामेरा जडान भएपछि ‘हिट एण्ड रन’ गरेर नवलपरासी र भैरहवाबाट भागेर आएका सवारीसाधनहरुको पहिचान गर्न र कानूनी दायरामा ल्याउन सकिने हाम्रो विश्वास छ ।’

मुइन इन्टरनेशनल प्रा.लि.का टेक्निकल डाइरेक्टर रविनराज अमात्यले नम्बर प्लेट पहिचान र सडक सुरक्षा ‘एएनपीआर क्यामेरा’ को मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको फोटो र भिडियो बनाएर सेभ गर्छ । साथै सवारीका नम्बर प्लेट पहिचान हुने भएकाले चोरीलगायत विभिन्न घटनाको अनुसन्धान गर्न यसले सहयोग गर्छ ।’

रोहिणी गाउँपालिका-४ का संजय कुमार गुप्ताले रोहिणी-३ स्थित धकधईमा जडान गरिएको क्यामेराले रोहिणी मात्र नभइ भैरहवा-परासी सडकखण्ड हुँदै गुड्ने सवारीसाधनको गतिविधि रिड गर्न सकिने बताए । उनले स्थानीय सरकार रोहिणी गाउँपालिकाबाट भएको यो कार्यले सवारीसाधनको प्रयोग गरी हुने विभिन्न घटनाको अनुसन्धान गर्न पनि सहजता प्रदान गर्ने बताए । अब भने सवारीसाधनको निगरानी गरी पहिचान गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : २७ बजे

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।