१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु



बुटवल । बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले विविएस चौथो वर्ष र विविएम तेश्रोसत्रविच भएको छात्र भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुदै खेल सप्ताहको शुभारम्भ गरेका हुन ।

शुभारम्भ कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो भने खेल सप्ताह फाल्गुण ४ गतेसम्म सञ्चालन हुने छ । क्याम्पसले साताव्यापी कार्यक्रमको आयोजना गर्दै फाल्गुन ६ गते एक समारोहका बिच ४३ औं वार्षिकोत्सव मनाउदैछ ।

खेल सप्ताह अन्तर्गत भलिबल प्रतियोगिता, चेस प्रतियोगिता, बास्केटबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, एक मिनेट कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, रसि तान्ने प्रतियोगिता, दौड प्रतियोगिता, टेवल टेनिस, लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने ४३ औं वार्षिकोत्सव समारोह मुल संयोजक सहप्राध्यापक विष्णु जोशीले जानकारी दिए ।

सोही अवसरमा रक्तदान कार्यक्रम, सांस्कृतिक कार्यक्रमका साथै क्याम्पसमा अध्ययन गरी २०७९ फाल्गुनदेखि २०८० माघ महिनासम्म सरकारी/गैरसरकारी तथा अन्य संघ संस्थाहरुमा रोजगारीको शिलशिलामा आवद्ध भएका वा आफ्नै उद्योग/व्यवसाय सञ्चालन गरी स्वउद्यमी भएकाहरुमध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी बताए ।

आइतबार भएको भलिबल प्रतियोगिताको उद्घाटन खेलमा विविएस चौथो वर्ष विजयी भएको छ भने दोश्रो खेलमा विविएस प्रथम वर्ष समुह ए र तेश्रो खेलमा विएमएस विजयी भएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : ३२ बजे

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे