१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा ओपन म्युजिकल कन्सर्ट हुने



बुटवल । अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात फागुन १ गते मंगलबार बुटवलमा ओपन म्युजिकल कन्सर्ट हुने भएको छ । युवा युवतिहरुलाई लक्षित गरेर कण्डमको प्रयोग तथा यसको फाईदाहरुको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको ट्राफिक चोकका भव्य कार्यक्रम हुन लागेको हो ।

आस्था समुह बुटवल र स्वाथ्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहयोगमा ट्राफिक चौकमा दिउँसो ३ बजे देखि कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलकार काली प्रसाद बाँस्कोटाको विशेष प्रस्तुती रहने छ ।

सार्वजनिक स्थानमा अयोाजना गरिएको कार्यक्रममा निःशुल्क रुपमा प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रुपमा एचआईभी परिक्षण तथा निःशुल्क कण्डम वितरणको कार्यक्रम समेत आयोजना गरिएको ए एच एफ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल कार्यक्रम संयोजक धर्मराज भट्ट्राईले जानकारी दिए । सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी म्युजिकल कन्र्सटको विषयमा जानकारी दिदै उनले उक्त कार्यक्रममा काली प्रसाद बास्कोटा सहित अन्य स्थानीय सत्यसाई कर्ला केन्द्रको सास्कृतिक कार्यक्रम सहित सचेतनामुलक नाटक समेत प्रस्तुत गरिने जानकारी दिए ।

उक्त कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैंगीङ्ग तथा योनिक अल्पसंख्यक समुदायको फेस परेड कार्यक्रम समेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,स्वाथ्य निर्देशनालय प्रमुख डा. विनोद गिरी, स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल लगायतको सहभागीता रहने छ ।

ए एच् एफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ । ए एच एफ नेपालमा सन् २०११ बाट कण्डम दिवस मनाउन थालेको छ । आस्था समुह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरुलाई टार्गेट गरेर विश्व कण्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ३५ बजे

पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश

वीरगञ्ज । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहलाई

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौँ । सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी

नेपाली सेना : संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौँ । नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप, भूमि समस्या समाधान समिति गठन

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका

न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु : प्रधानन्यायाधीश डा शर्मा

काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन