१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जीपको ठक्करबाट साइकलमा सवार दिदीबहिनीको मृत्यु



दाङ । दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवै दिदीबहिनी हुन् ।

लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३–०१०२२ च १३६९ नं को जीपले आज साँझ सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएपछि उक्त घटना घटेको हो । मृत्यु हुनेमा साइकलमा सवार प्यूठानको झिमरूक गाउँपालिका–१ घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसी रहेका दाङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । ठक्कर दिने जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १० : १५ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ