१५ असार २०८३, सोमबार | June 30, 2026

नेपाल नामिबियासँग ४ विकेटले पराजित



काठमाडौं। नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।

नेपालका भीम सार्कीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।

त्यस्तै नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्बाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २(२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए । योसँगै लिग-२ मा नामिबियाले २ महत्वपूर्ण अंक हासिल गरेको छ । अब यस सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र नेदरल्याण्डसविरुद्ध हुने तालिका रहेको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ३ : ३७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै