१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलको बागेश्वरी संगीतालयमा ‘कोही किन बर्बाद होस’ नाटक मञ्चन हुँदै



बुटवल । बुटवलस्थित बागेश्वरी संगीतालयमा फागुन ६ गतेदेखि १५ गते सम्म ‘कोही किन बर्बाद होस’ नाटक मञ्चन हुने भएको छ । द नेक्स्ट लेभल प्रोडकसनको ब्यानरमा मनोविज्ञानमा आधारित नाटक कोही किन बर्बाद होस मञ्चन हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै गुरुकुलका कलाकार राजकुमार पुडासैनीले बुटवलमा नाटक अभियान अन्तरगतको कार्यक्रम भएको बताए । बिजय मल्ल र गोपाल प्रसाद रिमालले लेखेको बाल मनोविज्ञानमा आधारित नाटकमा बालकको हुर्काई प्रक्रियाका जटिलता, त्यसलाइ चिर्दै कसरी मद्दत गर्ने भन्ने कुरालाई यश नाटकमा देखाइने बताए । निर्देशक अश्विन केसीले अभिभावकले बच्चालाई समय दिन नसक्दा देखिएका समस्या आउन नदिको लागि नाटक महत्त्वपूर्ण रहने उल्लेख गरे । सांगीतिक नाटकको रुपमा यसलाई मञ्चन गरिने बताए ।

साढे १ घण्टाको कोहि किन बर्बाद होस नाटक टिममा १५ जना रहेका छन । हरेक दिन बिहान साढे ११ बजे, दिउँसो साढे २ बजे र साझ ५ बजे गरि तीन शो मा मञ्चन हुने निर्देशक केसीले जानकारी दिए । अहिले स्कुल तथा कलेजका विद्यार्थीगरुलाई लक्षित गर्दै आयोजना हुन लागेकी यस नाटकमा प्रतिब्यक्ती २५० र विद्यार्थीलाई १५० रुपैयाँ टिकट तोकिएको बताए ।

उनले ५० विद्यालयमा कुरा गरेको बताउदै धेरै भन्दा धेरै लाई सहभागी गराउने योजना रहेको बताए । बागेश्वरी संगितालयका व्यवस्थापक दर्पण शेर्पाले यहाँ २ वटा पिंजडा र बहुला काजिको सपना नाटक मञ्चन भईसकेको बताए । सह निर्देशक प्रदीप एडी, लक्की दिपक, समुन्द्र घिमिरे, टिएनएल प्रोडक्सनका शिव रिजाल, प्रोडक्सन म्यानेजर प्रदीप थापा क्षेत्री, कलाकारहरु स्वीकृति रेग्मी, स्नेहा पाण्डे, अभिशेक गैरे, अनिल घिमिरे, निशान थापा लगायतको सहभागीता रहेको थियो । नाटकको साढे ३ लाख तयारी खर्च लागेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ५७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा