१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

जिबी राई संस्थापक रहेका सुप्रिम सहकारीका अध्यक्ष र प्रबन्धक बुटवलबाट पक्राउ



बुटवल । जिबी राई संस्थापक अध्यक्ष एवं संरक्षक रहेका बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र एक प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

बचतकर्ताहरुको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीले राई संस्थापक अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण लगानी गरि निक्षप बचतकर्ताको रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले उजुरी गरेका थिए ।

गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

गितेन्द्र बहादुर (जिबी) राई सुप्रिम सहकारीका संस्थापक अध्यक्ष हुन् । उनी २०७८ सम्म अध्यक्ष र गुरुङ उपाध्यक्ष थिए ।

१० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै लुम्बिनी प्रदेशको रुपन्देही र त्यसआसपासका बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय दाङमा उजुरी दर्ता गराएका थिए ।

सुप्रिम सहकारीबाट राई र रास्वपा अध्यक्ष रबी लामिछानेले संचालन गरेको गोर्खा मिडिया नेटवर्कलाई साढे १० करोड रुपैयाँ ऋण प्रबाह भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : २९ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले