५ बैशाख २०८३, शनिबार | April 18, 2026

बुटवलमा फागुन १३ देखि दादुरा तथा रुबेला विरुद्धको खोप अभियान सुरु

९ महिनादेखि १५ वर्ष उमेर समूहका ५३ हजार ८७५ बालबालिकालाई खोप लगाइने



बुटवल । बुटवल उपमहानगरपालिकामा यही फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा तथा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । उपमहानगरमा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहका ५३ हजार ८७५ बालबालिकालाई खोप लगाइने भएको हो ।

खोप अभियानको बारेमा जानकारी गराउन आइतबार आयोजित अभिमूखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले सबै पक्षलाई गम्भीर भएर लाग्न आग्रह गरे । उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मी, स्वयमसेविका, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितीमा दादुरा र रुवेला खोप बारे स्वास्थ्य कार्यलय रुपन्देहीले अभिमूखीकरण गरेको हो । खोप अभियानलाई सफल बनाउन जिम्मेवार भएर लाग्न आग्रह गर्दै नगरप्रमुख पाण्डेले सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे । ‘खोपको बारेमा हेलचेक्र्याइ नगरौं । गम्भीर भएर लागौं ।’- नगर प्रमुख पाण्डेले भने ।

रुपन्देही स्वास्थ्य केन्द्रका खोप फोकल पर्सन डा। भेषराज शर्माले कुनै एक बालबालिकालाई दादुरा संक्रमण भएमा अन्य १८ जनासम्म बालबालिका संक्रमित हुन सक्ने र यसले महामारीको रुप लिन सक्ने भएकाले गम्भिर हुन आग्रह गरे । सन् २०२६ सम्ममा दादुरा रुवेला मुक्त घोषणा गर्ने विश्व स्वास्थ्य संगठनको योजना अनुसार नेपालमा पनि खोप अभियानलाई जारी राखिएको उनले जानकारी दिए । लुम्बिनी प्रदेशमा फागुन २४ गतेसम्म ११ लाख ६० हजार ८७३ बालबालिकालाई खोप लगाउने योजना रहेको शर्माले जानकारी दिए । तराईका सबै जिल्लासहित २४ जिल्लामा ९ महिनादेखि १५ उमेर समुहका बालबालिकाहरुलाई दादुरा तथा रुवेला विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ भने अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने डा। शर्माले जानकारी दिए । विगतमा तराईका जिल्लाहरुमा बढी संक्रमण देखिएकाले ती ठाउँहरुमा खोप कार्यक्रम १५ वर्ष उमेर समूहका बालबालिकासम्म पुर्याउनु परेको उनले बताए ।

बुटवल उपमहानगरमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ३२७ बालबालिका तथा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका ४३ हजार ५४८ बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने उपमहानगरकी जनस्वास्थ्य निर्देशक कल्पना भुसालले जानकारी दिइन् । उनका अनुसार अनुसार प्रत्येक खोपकेन्द्रमा २ जना स्वास्थ्यकर्मी तथा ३ जना स्वयमसेवकको व्यवस्था गरी खोप अभियान सञ्चालन गरिने छ । सो अभियानमा अन्य खोपसमेत छुट भएका बालबालिकाहरुलाई उपलब्ध गराइने भएकाले ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोपकार्डसहित ल्याउन डा. शर्माले अभिभावकहरुलाई आग्रह गरिन् ।

बुटवल उपमहानगरका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थागरी १६७ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने र सो अवधिमा छुट भएका बालबालिकाहरुलाई थप ५ दिनको समयमा विभिन्न स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने उनले जानकारी दिइन् । उपमहानगरभित्र रहेका शैक्षिक संस्थाहरु मध्ये कम्तिमा २५० बालबालिका रहेका विद्यालयलाई खोप केन्द्रको मान्यता दिइने र उक्त सङ्ख्याभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयले नजिकको खोपकेन्द्र मान्यता प्राप्त विद्यालय वा स्वास्थ्य केन्द्रमा खोपका लागि व्यवस्था गर्नुपर्ने भुसालले जानकारी दिइन् । नेपालमा पूर्ण खोप घोषणा गर्न ४ जिल्ला बाँकी रहेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ५० बजे

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले