४ भदौ २०८३, बिहिबार | August 20, 2026

नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले टिसिएस लण्डन म्याराथनमा दौडने पक्का



नेपालगन्ज । नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लण्डन म्याराथनमा दौडने पक्का भएको छ । नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको छ ।

गोपीले आफ्नो लागि नेपालगन्ज म्याराथन सधै लक्की रहँदै आएको बताएका छन् । पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो । यसपटक लण्डन म्याराथन खेल्ने मौका मिलेको छ,’ उनले भने,‘नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ । लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्नेछु ।’

लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल २१) मा हुनेछ । गोपीको लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ । युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगन्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले नेपालगन्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताएका छन् । सिटी म्याराथनमा खासमा स्थानिय निकायकै भूमिका हुन्छ,’ उनले भने,‘तथापी त्यसमा राखेपको पनि साथ रहँदै आएको छ ।’ उनले गोपीलाई सफलताको शुभकामना दिए ।

राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले लामो तयारीपछि मात्र सफल प्राप्त गर्न सकिने र त्यसमा परिषद्को पनि भूमिका रहनुपर्नेमा जोड दिए ।
नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजनामा साथ दिएकोमा युके रनलाई धन्यवाद दिए ।

मंसिर ९ गते भएको नवौं धारा नेपालगन्ज म्याराथन २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका थिए । नेपालगन्ज म्याराथनका दुई पटकका विजेता गोपी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् । सन् २०१९ मा स्वदेशमा भएको १३ औं सागमा उनले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ०५ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका