१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सनातन हिन्दू राष्ट्र हुनुपर्ने प्रस्ताव पास नभएको भन्दै पूर्वमन्त्री गजेन्द्र हमालले दिए महासमिति सदस्यबाट राजिनामा



नेपालगन्ज । महासमितिको बैठकले हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरेको भन्दै पुर्वमन्त्री एवं महासमिति सदस्य गजेन्द्र हमालले नेपाली काँग्रेसको महासमिति सदस्य पदबाट राजिनामा दिएका छन् । हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजिनामा दिएको घोषणा गरेका हुन् ।

ललितपुरको गोदावरीमा बिहीबार सम्पन्न भएको नेपाली काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्र हुनुपर्ने माग राख्दै ५० प्रतिशत भन्दा बढी सदस्यले हस्ताक्षर बुझाएपनि महासमिति बैठकमा त्यस विषयमा छलफल नगरिएको उनको गुनासो छ । उनले हस्ताक्षेर बुझाउने ५० प्रतिशत बढी महासमिति सदस्यहरुको उपेक्षा गरिउको पनि उल्लेख गरेका छन् । काँग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमालले हस्ताक्षर संकलन अभियानमा सक्रिय भूमिका निभाएका थिए । उनले हस्ताक्षर संकलन गरेर बुझाएपनि पार्टीले कुनै निर्णय नगरेको भन्दै राजिनामा दिनु परेको बताएका छन् ।

‘५० प्रतिशत भन्दा बढी सदस्यले हस्ताक्षर गरि बुझाएको पत्र दर्ता भएपनि कार्यान्वयन नगरिएको उल्लेख गरेका छन् । हमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिन्दु राष्ट्र हुनुपर्ने माग राख्ने सबै साथीहरुको उपेक्षा गरिएको हुँदा र हिन्दू राष्ट्रको एजेण्डालाई सफल बनाउन नसकेको हुँदा नैतिकताले पनि महासमितिको सदस्य पदमा बसिरहनु उचित नभएको हुँदा राजिनामा दिने घोषणा गर्दछु ।’

देउवा नेतृत्वको सरकारको कार्यकालमा संघीय मन्त्री नियुक्त भएका हमाल नियुक्त भएलगत्तै स्वार्थ बाझिएको भन्दै चौतर्फी बिरोध भएपछि मन्त्रीपदबाट २ दिनमा नै राजिनामा दिएका थिए । बिबादीत प्रधानन्यायाधीश चोलेन्द्र सम्सेरको सिफारिसमा मन्त्री नियुक्त गरिएको भन्दै हमालको चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १० : ३१ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा