३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुईजनाको मृत्यु



वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्युु भएको छ । कोरोना संक्रमणका कारण एक युवक र एक वृद्ध गरि दुई जनाको बिहीबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्ध रहेका छन् ।

मृत्यु भएका दुवैजनामा बिहीबार राति नै कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

नगवाका युवकको उपचारको क्रममा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा बिहीबार राति ८ बजे मृत्यु भएको हो । गत साउन ५ गते ज्वरो आएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ती युवकमा कोरोना संक्रमण भएको आशंका भएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएकोमा रिपोर्ट आउनु अघि नै बिहीबार राति मृत्यु भएको थियो ।

यस्तै छपकैयाका ७० वर्षका वृद्ध आफनै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए। बुधबार राति सुतेका ती वृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरीले ढोका तोडेर कोठामा पस्दा ती वृद्ध मृत अवस्थामा भेटिएका थिए । मृतक वृद्धको पनि स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षणको लागि पठाइएकोमा उनको रिपोेर्ट समेत पोजेटिभ आएको मेसु उपाध्यायले बताए ।

दुवै जनाको शव व्यवस्थापनका लागि लागि नेपाली सेनाको जिम्मा लगाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५४ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : २३ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६