७ चैत्र २०८२, शनिबार | March 21, 2026

शाइन आर्थिक पत्रकारिता पुरस्कार गौतम र कार्कीलाई



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार घनश्याम गौतम र भुवन कार्कीलाई प्रदान गरिएको छ ।

बैंकको १६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा पत्रकार गौतम र कार्कीलाई जनही २५ हजार रुपैयां नगद राशीसहित २०७९ सालको पुरस्कार पुरस्कृत गरिएको हो । गौतम कान्तिपुर दैनिक र कार्की गोरखापत्र दैनिकमाा कार्यरत छन् । यसअघि यो पुरस्कार यमलाल भुसाल र माधव नेपालले प्राप्त गरेका थिए ।

यस्तै बैंकले उत्कृष्ट ग्रामीण शाखाका रुपमा अर्घाखांचीको खनदह शाखा र उत्कृष्ट शहरी शाखाका रुपमा नयां बानेश्वर शाखालाई पुरस्कृत गरेको छ । शाखा प्राुखहरु क्रमशः सरोज पोखरेल र भुवन ढुंगेलले उत्कृष्ट शाखाको पुरस्कार ग्रहण गरे ।

सो अवसरमा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्रमा योगदान गरेको र आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको प्रोत्साहनका लागि हरेक वर्ष ५० हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार दिने गरिएको बताए । पौडेलले ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु¥याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा शाखाहरु विस्तार गरेको र डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेको बताए ।

बैंकमा कुनै जोखिम आउन नदिन राष्ट्र बैंकका नीति निर्देशनहरु तथा प्रचलित कानूनको पूर्ण पालना र संस्थागत सुशासनमा शुन्य सहनशिलता, प्रभावकारी आन्तरिक नियन्त्रण अपनाएको अध्यक्ष पौडेलले बताए । कोभिड महामारीपछि विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असर नेपालको बैकिङ क्षेत्रमा पनि परेको उल्लेख गर्दै अध्यक्ष पौडेलले अर्थतन्त्र लयमा फर्काउन बैंकिङ क्षेत्र सबल र सुदृढ हुनुपर्नेमा सरोकारवाला सबैको सकारात्मक साथ चाहिने बताए ।

बैकिङ क्षेत्र कमजोर भयो भने मुलुकको अर्थतन्त्र पनि कमजोर हुनेतर्फ सबै सजग भई सकारात्मक सोंचले अघि बढ्न अध्यक्ष पौडेलले आग्रह गरेका छन् ।

बैंकले चौधौं बार्षिकोत्सवमा १४ हजार र पन्ध्रौं वर्षमा एक हजार गरी १५ हजार बिरुवा आफ्ना शाखा कार्यालय रहेका क्षेत्रमा रोपेको, ग्रामीण क्षेत्रका विद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल स्कुल प्रोग्राम अन्तर्गत सरकारी विद्यालयहरुमा डिजिटल उपकरणहरु प्रदान गरिएकोे अध्यक्ष पौडेलले बताए ।

यस्तै युवा तथा विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न सहयोग गर्ने उद्देश्यले रुपन्देही, नवलपरासी र कपिलवस्तुका विभिन्न क्याम्पसमा अध्ययनरत २२५ भन्दा बढी विद्यार्थीहरुलाई उद्यमशिलता विकास तालिम प्रदान र आम सर्वसाधारणलाई डिजिटल साक्षरता र बैंकिङ साक्षरता सम्वन्धी कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गरिएको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको आर्थिक राजधानी भएकाले यो क्षेत्रका समस्या र समाधानका उपायबारे पत्रकारले खोजमूलक पत्रकारितालाई प्राथमिकता दिन सुझाए । उनले रुपन्देहीका पत्रकारहरु निजी क्षेत्रका जायज मागको पक्षमा सधैं सकारात्मक रहेको बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले पांच वटा विकास बैंकहरु मर्ज भएर शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए ।

८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा रहेका र बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको पनेरुले बताए । सो अवसरमा पुरस्कृत पत्रकारहरु गौतम र कार्की तथा बैंकका ब्राण्डिङ हेड प्रभास राईले समेत आफ्ना भनाई राखेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : १२ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा