२२ भदौ २०८३, सोमबार | September 7, 2026

राप्रपा नेता जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बित



बुटवल । लुम्बिनी प्रदेश सभामा राप्रपाका प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको प्रदेशसभा सदस्य पद निलम्बनमा परेका छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै उनको पद निलम्बनमा परेको हो ।

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वतः निलम्बनमा परेको आज लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना निकालेर जानकारी दिएको छ ।

गत स्थानीय तह निर्वाचनमा कपिलवस्तु-३ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादवविरुद्ध गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो ।

यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । तीन दिन अघि अख्तियारले उनीलगायतका १९ जनालाई मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : ४९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा