५ बैशाख २०८३, शनिबार | April 18, 2026

बुटवलमा ५५ हजार बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइँदै



बुटवल । देशभार आजबाट सुरु भएको दादुरा रुबेलाविरुद्धको खोप अभियान अन्तर्गत बुटवलमा पनि दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरेसँगै बुटवलमा खोप अभियान शुरु भएको हो ।

सो असरमा बोल्दै उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताए। उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गरे। उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए। उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गरिन्।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइनेछ। जसका लागि बुटवलका १९ वटा वडाका १ सय ६७ वटा खोप केन्द्र तोकिएका छन् भने ५० जना स्वास्थ्यकर्मी परिचालन भएका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : १० बजे

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले