२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल-पाकिस्तान मैत्रिपूर्ण क्रिकेट प्रतियोगिताको नवौं संस्करण १९ फागुनबाट



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले हरेकवर्ष आयोजना गर्ने नेपाल पाकिस्तान मैत्री क्रिकेट प्रतियोगिता फागुन १९ गतेबाट हुनेभएको छ ।

फागुन २७ गतेसम्म संचालन हुने सो प्रतियोगितमा १२ टिमले प्रतिस्पर्धा गर्ने पाकिस्तानी दूतावासले जनाएको छ । प्रतियोगितामा नेपालका क्रिकेट क्लब र पाकिस्तानी दूतावासको टोली सहभागी छन् ।

कुल बाह्र टोलीले दुईवटा सेमिफाइनल र एउटा फाइनलमा पुग्ने गरी दुईवटा पूलमा खेल्ने गरी प्रतियोगिताको समीकरण बनाइएको छ ।

हरेक वर्ष आयोजना भैरहेको यो प्रतियोगिता नेपाली क्रिकेट क्लबहरु र फ्यानबीच लोकप्रिय छ । यस प्रतिष्ठित प्रतियोगितामा विगतमा अण्डर १९ र राष्ट्रियस्तरका कैयौं खेलाडीहरूले खेलिसकेका छन् ।

प्रतियोगिताको पहिलो खेल भन्दा पहिले उद्घाटन समारोह आयोजना हुनेछ भने फाइनल खेलपछि समापन समारोह समावेश आयोजना गरिएको छ । प्रतियोगिता काठमाडौंको शंखपार्कस्थित पाकिस्तानी दूतावासको मैदानमा हुनेछ ।

प्रतियोगिताको खेलकुद च्यानल र सोसल मिडिया प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

यस प्रतियोगिताले नेपाल पाकिस्तान सम्बन्धलाई थप मजबुद बनाउने पाकिस्तानी दूतावासले विश्वास गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : ३२ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व