५ भदौ २०८३, शुक्रबार | August 21, 2026

नेपाल-पाकिस्तान मैत्रिपूर्ण क्रिकेट प्रतियोगिताको नवौं संस्करण १९ फागुनबाट



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले हरेकवर्ष आयोजना गर्ने नेपाल पाकिस्तान मैत्री क्रिकेट प्रतियोगिता फागुन १९ गतेबाट हुनेभएको छ ।

फागुन २७ गतेसम्म संचालन हुने सो प्रतियोगितमा १२ टिमले प्रतिस्पर्धा गर्ने पाकिस्तानी दूतावासले जनाएको छ । प्रतियोगितामा नेपालका क्रिकेट क्लब र पाकिस्तानी दूतावासको टोली सहभागी छन् ।

कुल बाह्र टोलीले दुईवटा सेमिफाइनल र एउटा फाइनलमा पुग्ने गरी दुईवटा पूलमा खेल्ने गरी प्रतियोगिताको समीकरण बनाइएको छ ।

हरेक वर्ष आयोजना भैरहेको यो प्रतियोगिता नेपाली क्रिकेट क्लबहरु र फ्यानबीच लोकप्रिय छ । यस प्रतिष्ठित प्रतियोगितामा विगतमा अण्डर १९ र राष्ट्रियस्तरका कैयौं खेलाडीहरूले खेलिसकेका छन् ।

प्रतियोगिताको पहिलो खेल भन्दा पहिले उद्घाटन समारोह आयोजना हुनेछ भने फाइनल खेलपछि समापन समारोह समावेश आयोजना गरिएको छ । प्रतियोगिता काठमाडौंको शंखपार्कस्थित पाकिस्तानी दूतावासको मैदानमा हुनेछ ।

प्रतियोगिताको खेलकुद च्यानल र सोसल मिडिया प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

यस प्रतियोगिताले नेपाल पाकिस्तान सम्बन्धलाई थप मजबुद बनाउने पाकिस्तानी दूतावासले विश्वास गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : ३२ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

साउनमा लुम्बिनी प्रदेशमा ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट