२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

पाटन अस्पतालमा ६५ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणको मृत्युदर निरन्तर बढ्दो क्रममा गएको छ । शुक्रबार दिउँसो फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

६५ वर्षीया ती महिला कोरोना संक्रमण पुष्टि भएसँगै गत साउन ६ गते अस्पताल भर्ना भएकी थिइन । मृतक महिलामा उच्च रक्तचाप, छातीको इन्फेक्सन र निमोनिया रहेको अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । ती महिला वीरगन्जबाट केही समयअघि काठमाडौं आएकी थिइन ।

सुरुमा स्टार अस्पतालमा स्वास्थ्य चेक जाँच गराउन एकी उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । त्यसपछि उनलाई पाटन अस्पताल सारिएको थियो । उनका परिवारका सदस्यहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कारोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : ०१ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –