२८ माघ २०८२, बुधबार | February 11, 2026

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा असहमति जनाउँदै जनार्दन शर्माको फरक मत



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।

माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।

गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ । केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको उनले बताए ।

बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ ।

आगामी चैत १ गतेदेखि हुलाकी राजमार्गलाई केन्द्रित गरेर संचालन गर्न लागेको मधेश अभियान १५ दिन पछि सारेको छ ।सो अभियान १५ दिन पछि सारेको माओवादी सचिव दीनानाथ शर्माले जानकारी दिएका छन् । बैठकले हिमाल पहाड मधेश केन्द्रित अर्को अभियान बैशाखमा संचालन गर्ने भएको छ ।

बैठकमा उपमहासचिव जनार्दन शर्माले कार्यविभाजनप्रति असन्तुष्टी जनाउँदै फरक मत राखेका छन् । विधान अधिवेशनमा आफुले सबै नेताहरु निर्वाचित भएर आउनुपर्ने धारणा राखेकै आधारमा आफु लगायत अन्य वरिष्ठ नेताहरुको समेत जिम्मेवारीविहीन बनाइएको शर्माले आरोप लगाएका छन् ।

मंगलबार बसेको बैठकमा सांसद समेत रहेका नेताहरुलाई संसदीय गतिविधिमै सक्रिय रहनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अन्य नेताहरुलाई प्रदेशको इन्चार्ज दिने प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई बैठकले स्वीकार गरेको थियो ।

स्थायी समितिको अर्को बैठक फागुन २८ गते बस्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ४९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी