१५ माघ २०८२, बिहिबार | January 29, 2026

छैटौं बुटवल खुला राष्ट्रिय लनटेनिस : आयुषमान र आशिषको जोडीलाई मेन्स डबल्सको उपाधि



बुटवल । रुपन्देहीमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० को उपाधिका लागि प्रदिप खड्का र रितिक राना भिड्ने भएका छन । देविनगरस्थित लनटेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमीफाईनलमा गतवर्षका च्याम्पियन खड्काले प्रनव मानन्धरलाई ६–१, ३–६, ६–२ को सेट तथा दोस्रो सेमीफाईनलमा रितिकले निशान्त श्रेष्ठलाई ६–१, ६–३ को सेटले पाखा लगाउदै फाईनल भिडन्त तय गरेका हुन ।

टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेका अनुसार शनिबार उपाधिका लागि फाईनल खेल हुने छ । यसैगरि मेन्स डबल्सको उपाधि आयुषमान हजुर घले र आशिष खड्काको जोडीले हात पारेका छन् । शुक्रबार भएको फाईनलमा आर्यन गिरी र सक्षम बिक्रम शाहलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै घले र खड्काको जोडीले उपाधि हात पारेका हुन् ।

यसैगरि ३५ प्लस सिङ्गलको उपाधि अनिल शाहीले चुमेका छन । उपाधिकालागि भएको फाईनल खेलमा अनिलले सन्तोष खत्रीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

त्यस्तै ३५ प्लस डबल्सको उपाधि सिमान्त गुरुङ र अनिल शाहीको जोडीले चुमेको छ । फाईनल खेलमा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले सन्तोष खत्री र सन्जय प्रकाश श्रेष्ठको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गगर्दै उपाधि हात पारेका हुन् । आजै सम्पन्न ४५ प्लस सिगलको उपाधि कमल भण्डारीले हात पारेका छन । फाईनल खेलमा सिमान्त गुरुङलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै भण्डारीले उपाधि चुमेका हुन् ।

४५ प्लस डबल्समा गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले उपाधि चुमेका छन् । शुक्रबार भएको फाईनलमा रोहित सुनवार र जोली टार्जेनको जोडीलाई ७—५, ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

यसैगरि ५५ प्लस सिङ्गलको उपाधि चन्द्र शाहीले चुमेका छन् । उनले फाईनलमा राजु श्रेष्ठलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।
आजै सम्पन्न ६५ प्लस सिङ्गलको उपाधि मनोज राणाले जितेका छन् । उनले फाईनलमा ध्रव गुरुङलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।
प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : ३६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण