२ चैत्र २०८२, सोमबार | March 16, 2026

छैटौं बुटवल खुला राष्ट्रिय लनटेनिस : आयुषमान र आशिषको जोडीलाई मेन्स डबल्सको उपाधि



बुटवल । रुपन्देहीमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० को उपाधिका लागि प्रदिप खड्का र रितिक राना भिड्ने भएका छन । देविनगरस्थित लनटेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमीफाईनलमा गतवर्षका च्याम्पियन खड्काले प्रनव मानन्धरलाई ६–१, ३–६, ६–२ को सेट तथा दोस्रो सेमीफाईनलमा रितिकले निशान्त श्रेष्ठलाई ६–१, ६–३ को सेटले पाखा लगाउदै फाईनल भिडन्त तय गरेका हुन ।

टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेका अनुसार शनिबार उपाधिका लागि फाईनल खेल हुने छ । यसैगरि मेन्स डबल्सको उपाधि आयुषमान हजुर घले र आशिष खड्काको जोडीले हात पारेका छन् । शुक्रबार भएको फाईनलमा आर्यन गिरी र सक्षम बिक्रम शाहलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै घले र खड्काको जोडीले उपाधि हात पारेका हुन् ।

यसैगरि ३५ प्लस सिङ्गलको उपाधि अनिल शाहीले चुमेका छन । उपाधिकालागि भएको फाईनल खेलमा अनिलले सन्तोष खत्रीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

त्यस्तै ३५ प्लस डबल्सको उपाधि सिमान्त गुरुङ र अनिल शाहीको जोडीले चुमेको छ । फाईनल खेलमा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले सन्तोष खत्री र सन्जय प्रकाश श्रेष्ठको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गगर्दै उपाधि हात पारेका हुन् । आजै सम्पन्न ४५ प्लस सिगलको उपाधि कमल भण्डारीले हात पारेका छन । फाईनल खेलमा सिमान्त गुरुङलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै भण्डारीले उपाधि चुमेका हुन् ।

४५ प्लस डबल्समा गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले उपाधि चुमेका छन् । शुक्रबार भएको फाईनलमा रोहित सुनवार र जोली टार्जेनको जोडीलाई ७—५, ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

यसैगरि ५५ प्लस सिङ्गलको उपाधि चन्द्र शाहीले चुमेका छन् । उनले फाईनलमा राजु श्रेष्ठलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।
आजै सम्पन्न ६५ प्लस सिङ्गलको उपाधि मनोज राणाले जितेका छन् । उनले फाईनलमा ध्रव गुरुङलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।
प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : ३६ बजे

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास