९ पुस २०८२, बुधबार | December 24, 2025

प्रधानमन्त्री प्रचण्ड आज लुम्बिनी आउदैं



बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज लुम्बिनी आउने भएका छन । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठकलाई सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज लुम्बिनी आउने भएका हुन ।

प्रधानमन्त्री एवं कुलपति प्रचण्डको अध्यक्षतामा सभाको बैठक हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले आज नै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको छ ।

झण्डै २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ । भवनमा सुविधा सम्पन्न सभाहल निर्माण भएको छ । जसको क्षमता २ सय ५० भन्दा बढी रहेको छ । सभाको बैठक तथा भवन उद्घाटनका लागि बिहान साढे ११ बजे प्रधानमन्त्री लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले पहिलो चरणमा कार्यालयको भवन उद्घाटन गर्ने र त्यसलगत्तै सभाको बैठकमा सहभागी हुने कार्यक्रम रहेको विश्वविद्यालय सभाका सदस्य सचिव एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ४२ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)