१९ असार २०८३, शुक्रबार | July 3, 2026

मैत्रीपुर्ण फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स र गुरुकुल स्कुल विजयी



नेपालगन्ज । नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको यु–१८ टिम, गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ र यु–१२ टिमले मैत्रीपुर्ण खेलमा जित हासिल गरेका छन् ।

शनिबार बाँकेको डुडुवा–०५ कम्दी स्थित नवदुर्गा युवा क्लबको मैदानमा भएको खेलमा बाँकेको नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले गुरुकुललाई ४–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको तर्फबाट आशिष सुनारले २ गोल, बिपिन खड्का र मनिष श्रेष्ठले १–१ गोल गरेका थिए ।

नेपालगन्ज धम्बोझी स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको खेलमा लम्की कैलालीको गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ टिमले नेपालगन्जको मनकामना इङलिस मिडियम स्कुललाई २–० ले हरायो । गुरुकुलको जितमा हिमान्सु जोशी र देशान्त सुनारले १–१ गोल गरेका थिए ।

यु–१२ तर्फ पनि गुरुकुलले मनकामनालाई २–० को नतिजामै हरायो । गुरुकुलको सफलतामा शंकर विक र राघब बोहराले १–१ गोल गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजना भएको मैत्रीपुर्ण खेलमा बाँके र कैलालीको विद्यालय स्तरको च्याम्पियन टिमले प्रतिस्पर्धा गरेका थिए । बाँकेमा गत महिना सम्पन्न मेयर कप अन्तर विद्यालय छात्र फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन बनेको थियो । लम्कीको गुरुकुल इङलिस मिडियम स्कुल पनि कैलालीमा मेयर कप फुटबलको उपाधि जितेको टिम हो ।

मैत्रीपुर्ण खेलमा विजयी हुने खेलाडीलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, उपाध्यक्ष निर्मल चन्द, मैत्रीपुर्ण खेलका संयोजक दिपेन्द्र घले, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ सदस्य इन्द्र राना लगायतले पुरस्कृत गरेका थिए ।

अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य शाहीले बाँके र कैलालीको च्याम्पियन स्कुलबिचको मैत्रीपुर्ण खेलले नयाँ सम्भावनाको विकास गरेको बताए ।

मैत्रीपुर्ण खेलको समापन अवसरमा बोल्दै गुरुकुल इङलिस मिडिया स्कुलका संस्थापक माधव थापाले बाँकेमा आएर फुटबल खेल्न पाउनु आफना खेलाडीहरुका लागि महत्वपुर्ण अवसर भएको बताए ।

नेपालगन्ज सेन्ट जेभियर्स स्कुलका संस्थापक डिल्ली राज डाँगीले मैत्रीपुर्ण फुटबल खेल्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिदैं फुटबलको विकासमा एन्फासँग सहकार्यका लागि तयार रहेको बताए ।

मैत्रीपुर्ण खेलको स्थानीय व्यवस्थापन नवदुर्गा क्लब कम्दी–५ ले गरेको थियो । नेपालगन्ज भन्दा बाहिर हुने यस्ता गतिविधिले बाँकेको फुटबलको स्तर बढाउन सहयोग गर्ने एन्फाका उपाध्यक्ष निर्मल चन्दले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ३६ बजे

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक