५ भदौ २०८३, शुक्रबार | August 22, 2026

युटुबर पुण्य गौतम र युवराज सफल महाराजगन्जबाट पक्राउ



काठमाडौं । अस्पताल परिषरमा पुगेर अराजक गतिबिधि गरेको भन्दै युटुबर एवं अभियन्ता पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा गौतम र सफलले त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पोस्टमार्टम रिपोर्ट आएसँगै गौतम र सफल त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि शालिनको आफन्तहरुलाई उत्तैजित बनाउँदै प्रदर्शन गर्न पुगेका थिए । सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले शालिनको आफन्तहरुलाई उत्तेजित बनाउने कार्य गर्दै शिक्षण अस्पतालमा पुगेर नाराबाजी गर्दै हुलहुज्जत गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्रा परेका दुबैजनालाई प्रहरीको महाराजगञ्ज बृत्तको हिरासतमा राखिएको छ ।

गौतम र सफलले पोष्टमार्टमको रिपोर्ट पर्खेर बसेको भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेको प्रहरी आरोप छ ।

चितवन रत्ननगरको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिनको पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको उल्लेख छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ९ : ४३ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको