२४ भदौ २०८३, बुधबार | September 9, 2026

मोरङ किशोरी हत्या : भारत छिराउने प्रयासमा पहिला नै पक्राउ परेका थिए चौधरी



मोरङ, २२ फागुन। मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा सोमबार राति १५ बर्षीया बालिका हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राति करिव १० बजे सन्जना भन्ने १५ बर्षीया ज्ञानमति थुलुङ राईको हत्या धारिलो हतियारले घाँटी र पाता, पातामा प्रहार गरी विभत्स हत्या गरेका थिए । राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर अभियुक्त फरार भएका थिए ।

खुकुरी प्रहारबाट किशोरीको गर्धनको आधा भागसम्म काटिनुको साथै दाहिने, देव्रे पाता र अनुहार गरी चार वटा ठूलाठूला चोट हुने गरी खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट किशोरीको गालाको भागहरु र कपाल छिनेर भुँईमा खसेको अवस्थामा भेटिएको थियो ।

ज्ञानमतिको शव पोष्टमार्टमको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । खोटाङबाट परिवार आएपछि पोष्टमार्टम गरिने बताइएको छ । जेठि पटीको दाजु सोमकुमार राई भने हिजै आएका छन् ।

प्रहरीले मोरङ ग्रामथान—४ का ३८ बर्षिय धिरेन्द्र चौधरीलाई पक्राउ गरेको छ । किशोरीको विभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी नवीन कार्कीको टोली राति नै घट्ना स्थल पुगेर विहान ३ बजेसम्म अनुसन्धानमा खटिएका थिए ।

ज्ञानमति राई खोटाङ ऐसेलुखर्क—६ सल्लेकी हुन् । बाबुको मृत्युपछि मामा छोरी र पछि छोराको घरमा बसेर कक्षा ७ मा पढ्दै थिइन । मामाको छोरा बिनोद राईको घर, दोकानमा सघाउँदै पथरीको पञ्चायत माविमा अध्ययन गर्दै आएकी थिइन् ।
प्रहरी नियन्त्रणमा रहेका धिरेन्द्र चौधरी भूपू प्रहरी समेत रहेको बुझिएको छ ।

चौधरीले गत असारमा ज्ञानमति राईलाई बिहे गरेको भन्दै भारत छिराउने क्रममा जोगवनीबाट माइति नेपालले पक्रेको थियो ।
गत असार १३ गते चौधरी र राईलाई नाकामा पक्रेर आफन्तलाई जिम्मा लगाएका थिए ।

ज्ञानमतिसँग मोबाइल फोन नभएपनि आफन्तहरुको नम्बर पत्ता लगाएर फोन गर्दै कुरा गर्न खोज्ने, बोलाइ माग्ने गर्दै आएका थिए । ज्ञानमतिको फोटोहरु राखेर फेसबुक आइडी पनि चौधरीले खोलेर चलाउने गरेको पीडित परिवारले जनाएको छ ।

ज्ञानमति जोगवनीबाट फर्काएपछि धिरेन्द्र चौधरीले आफूलाई मगर र विवाह नभएको भनेर ढाँटेको बताएका थिए । यद्यपि चौधरी श्रीमती छोराछोरीको बाउ हुन् ।

घट्ना क्रमसँगै ज्ञानमतिको हत्यापछि प्रहरीको अनुसन्धान चौधरीतिर केन्द्रीत भएको थियो । घट्ना नजिकै खुकुरीको दाप फेला पर्नुको साथै संकास्पद व्यक्तिको खुट्टाको पाइलाहरु सुरक्षित गरेर अनुसन्धान गरेका थिए ।

घट्ना भएको केही बेरमै इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर शुसिल पाण्डे, शसस्त्र लगायत प्रहरी टोली घट्ना स्थल पुगेर कुकुरसमेत लगाएर अनुसन्धान सुरु गरेका थिए । पक्राउ परेको चौधरीले घट्ना स्वीकार गरेको समेत प्रहरीले श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : १८ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४