२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको छ : अध्यक्ष ओली



बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताएका छन् । धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत गरेको उनले उल्लेख गरे ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा यही फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि रहेको उल्लेख गर्दै कमलनयनाचार्यकोे पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एकापसमा जोड्न सकेको बताए ।

“दामोदर कुण्ड, मुक्तिनाथ र त्रिवेणीधामलाई पवित्र कालीगण्डकीले जोडेको छ, यहाँको धार्मिक क्षेत्रको प्रसार गर्नका लागि पञ्चकोटमा विशाल महायज्ञ आयोजना भयो, यति ठूलो महायज्ञ सम्पन्न गरेकामा यहाँका सङ्कल्पकर्ता र स्थानीयलाई धन्यवाद दिन चाहन्छु”, अध्यक्ष ओलीले भने, “स्थानीयको मानवीय भावना र मातृत्वलाई संस्थागत गर्न पञ्चकोटले ठूलो योगदान पु¥याएको पाए, पञ्चकोटले पवित्र कालीगण्डकी, शालग्राम शिला र बह्माण्डको संरक्षणका लागि महायज्ञ आयेजना गर्नु आफैँमा सन्देशमूलक छ ।”

धर्मको नाममा अन्य राष्ट्रमा भइरहेको अत्याचार, हिंसा र अपराधलाई निरुत्साहित गर्दै नेपाली समाज मिलेर बसेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालीको मनलाई धर्मले संस्थागत गर्दै एकापसमा मानवीय भावना पैदा गरेको बताए । एउटा व्यक्तिको सङ्कल्पमा पञ्चकोटमा विशाल संरचना तयार भएको भन्दै उनले स्वामी कमलनयनाचार्यको प्रशंसा गरे ।

अध्यक्ष ओलीले पञ्चकोटको पूर्वाधारका लागि सङ्घीय सरकारले विनियोजन गरेको रु १० करोड उपलब्ध गराउन पहल गर्ने बताए ।

सो अवसरमा स्वामी कमलनयनाचार्यले २०७१ फागुन ९ गते पञ्चकोटमा निर्माण थालिएको १०८ फिट अग्लो विश्वशान्ति कलशको शिलान्यास समारोहमा सहभागी भएर अध्यक्ष ओली संस्थापक सदस्यसमेत हुनुभएको जानकारी दिए ।

(एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्वामी कमलनयनाचार्यले पञ्चकोट गृह जिल्लामा मात्र नभएर मुस्ताङ, म्याग्दीसहितका जिल्लामा धार्मिक पूर्वाधार निर्माण गरिरेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : ०४ बजे

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई