२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्दै



काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।

राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ०८ बजे

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल

कर्तव्यनिष्ट असी जना बुहारी सम्मानित

अर्घाखाँची । अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न विज्ञानमन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र

कैलालीको गोदावरीमा बगेर दुई महिलाको मृत्यु

कैलाली । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ