५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

अबैध चोरी निकासी पैठारीलाई सिल गरिएको सिमाले रोक्न सकेन, बाँकेमा दिनदिनै भित्रिन्छन् ठूला परिमाणमा कपडा र प्रतिबन्धित औषधी



नेपालगन्ज । बाँके प्रहरीले सिमा सिल भएको बेला पनि भारतबाट अबैध आयात हुँदै गएको ठूलो परिमाणको कपडा र प्रतिबन्धित औषधी बरामद गरेको छ । जिल्ल प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरको जमुनाहबाट भारतबाट अवैध रुपमा ल्याउदै गरेको ठूलो परिमाणको कपडा बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको कपडामा कुर्ता ५०० पिस, टिसर्ट १०० पिस तथा कुर्ता सुरुवाल २०० पिस रहेको प्रहरीले जनाएको छ ।

बरामद कपडाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

सिमा सिल भएको अवस्थामा सिमा पारी एसएसबी र सिमा वारी सिमा प्रहरी कार्यालय छिचोल्दै जमुनाहा गाँउ सम्म सामान पुगेको पाइएको छ ।

अवैध सामान भित्रनुमा सिमामा रहेको दुबै तर्फका सुरक्षाकर्मीहरुको सलोमतो रहेको व्यवसायीले बताएका छन् ।

बाँके प्रहरीले आजै नेपालमा प्रतिबन्धित कोरेक्स औषधीसहित ३ जनालाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिए अनुसार बाँकेको डुडुवाबाट २६ सि सि प्रतिबन्धित कोरेक्स सहित स्थानीय अर्जुन चौहान, कल्लु चौहान र भारत जिल्ला बहराईच बर्गदाह बस्ने अजय बर्मालाई पक्राउ गरेको छ । उनीहरुलाई लागु औषध ऐन बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।

बिगत ३ दिन देखि हरेक दिन भारतीय सिमा हुँदै लागु औषध ओसार्नेहरुलाई प्रहरीले नियन्त्रण गर्दै आएको छ । बिहिबार र शुक्रबार भारत हुँदै ब्राउन सुगर भित्राउँदै गरेका युवा समातिएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : ०४ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको