१३ श्रावण २०८३, बुधबार | July 30, 2026

नेपाल रेडक्रस उपशाखा मणिग्रामको १९ औं स्थापना दिवश मनाइयो



तिलोत्तमा । नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाको १९ औं स्थापना दिवस, रेडकसको महत्व, उद्धेश्य तथा समाजसेवामा रेडक्रसले खेलेको भूमिका लगायतका विषयमा चर्चा परिचर्चा गरिएकोे छ ।

तिलोत्तमा ५ स्थित शान्ति नमुना माविको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले मणिग्राम उपशाखाले शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा खेलेको भूमिका सह्रानिय रहेको बताएका छन ।

सहभागीहरुले रेडक्रसको मुल मर्म र सिद्धान्तलाई आम्मसात गर्दै अघि बढेको मणिग्राम उपशाखाले आगामी दिनमा थप प्रेरणादायी काम गरोस भनि शुभकामना समेत दिएका छन । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका पुर्व सल्लाहकार विमल बहादुर शाक्यले, रेडक्रस सम्बन्धि जानकारीहरु समेटिएको पाण्डुलिपी संग्रहलाई पुस्तकका रुपमा बैशााष १ गते विमोचन गर्ने तयारी र्भरहेको जानकारी दिए । साथै उनले सो पुस्तकबाट बिक्री बापतको प्राप्त रकम मणिग्राम उपशाखाको विकाश तथा विस्तारमा लगाइने बताए ।

कार्यक्रममा बोल्दै शान्ति माविका प्राचार्य एवं मणिग्राम उपशाखा रेडक्रस सदस्य कुल प्रसाद लामिछानेले, तिलोत्तमा ५ स्थित पुरानो सडकमा मणी परिवारद्धारा प्रदान गरिएको जग्गामा बहुमुखी भवन बनाइने जानकारी दिए । नेपाल रेड्क्रस सोसाइटी मणिग्राम उपसाखाका सभापति टेक बहादुर थापाको सभापतित्व एवं बुटवल उपमहानगरपालिकाका पुर्व उपप्रमुख तथा शिक्षाविद विमल बहादुर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका उपमन्त्री अर्जुनराज उपाध्याय, रेडक्रसका जिल्ला लेखा संयोजक कुल प्रसाद लामिछाने, रुकु पाण्डे, पत्रकार महेन्द्र थापा, प्रकाश पाण्डे, लगायतको सहभागिता रहेको थियो ।

संस्थाका उपसभापति सरस्वति अर्यालले स्वागत मन्तब्य दिएको कार्यक्रमको संन्चालन संस्थाका सहसचिव चण्डीप्रसाद पाण्डेले गरेका थिए । सो अवसरमा शान्ति नमुना माविमा अध्ययनरत दृष्टिबिहिन तथा अल्पदृष्टिबिहिन विद्यार्थीहरुलाई फलफुल समेत वितरण गरिएको संस्थाका सचिव सुर्य पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ४ : १९ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ