४ पुस २०८२, शुक्रबार | December 19, 2025

भैरहवामा भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन



भैरहवा। भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ मा सहभागीहरुले नेपाली बस्तुको निर्यातमा भारतमा विभिन्न समस्या र अड्चनहरु सिर्जना हुने गरेको बताएका छन्।

नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा भारतको भए पनि यहाँ उत्पादित बस्तु भारतमा निर्यात गर्दा उद्योगी व्यवसायीले समस्या व्योहोर्नु परेको बताए।

भैरहवामा भएको तेस्रो भारत–नेपाल आर्थिक साझेदारी शिखरमा बोल्दै सहभागीले दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्वपूर्ण भूमिका खेल्दै आउने समस्याको समाधान गर्नुपर्ने बताए।

पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको आयोजना नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संयोजन तथा नेपाल एसबीआई बैंकको सहकार्यमा भएको सम्मेलनमा बोल्दै नेपाल एसविआई बैंकका सल्लाहकार अनुकुल भटनाकरले दुई देशबीच धेरै वर्ष अगाडिबाट व्यपार भइरहेको बताउँदै यहाँ धेरै सम्भावना रहेको जनाए।

पछिल्लो ५ वर्षमा कनेक्टीभिटीमा ठूलो परिवर्तन आएको उनले बताए। नेपालको प्रवेश विन्दुको रुपमा रहेको भैरहवा नाकाबाट सम्बन्ध सुमधुर बनाई दुवै देशको आर्थिक उन्नति हुने उनले बताए।

नेपालका लागि पूर्वभारतीय राजदुत मनजीव सिंह पुरीले भारतको आर्थिक विकास तीव्र रुपले अघि बढाई धेरै परिवर्तन ल्याउनुमा निजि क्षेत्रको ठूलो भुमिका रहेको बताउँदै नेपाली निजी क्षेत्रले पनि भूमिका खेल्नु पर्ने बताए। रोटीवेटीको पुरानो सम्बन्ध जस्तै दुवै देशका निजी क्षेत्रसँगै बसेर छलफलबाट काम गरे नतिजा राम्रो हुने र दुवै देशका नागरिक विकसित हुने उनको भनाइ थियो।

सीमामा दुवै देशको व्यापार सहजीकरणका लागि भएको समस्या समाधानका लागि पहल गर्ने उनले बताए।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : २३ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा