२ पुस २०८२, बुधबार | December 17, 2025

विदेशी पर्यटकलाई ३ दिन होल्डिङ सेन्टरमा राखि घुम्न पठाउँ, नत्र नेपाल कोही आउँदैनन् : पर्यटन बोर्ड सीईओ



काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडि बढाउनुपर्ने डा. रेग्मीले बताए ।

१४ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी कुनै पनि पर्यटक नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने रेग्मीको भनाई छ ।

द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिए घुम्न पठाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

चाइनीज टुर अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा उनले भने, ‘द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा बस्न लगाउने, लक्षण नदेखिएमा घुम्न पठाउनुपर्छ । १४ दिन यता १४ दिन आफ्नो देश फर्केर क्वारेन्टिनमा बस्नुपर्ने अवस्थामा कसरी घुम्न आउँछन पर्यटक ?’

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवशरमा चाइनीज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ ।

नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको हो ।

२५ जना सदस्य रहेको एलाएन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने उद्देश्य राखेको छ ।

नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा बिश्वेस श्रेष्ठ रहेका छन् । अन्य बोर्ड सदस्यहरुमा बरुण मेहता, कल्याण राज शर्मा, पुष्करराज पाठक र हरि प्रसाद पराजुली रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ५२ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि