१८ आश्विन २०८३, आइतबार | October 4, 2026

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु



कालीकोट । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो ।

विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले राससलाई जानकारी दिए ।

“गाडेको विद्युत्को पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो”, उनले भने, “दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।” मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १२ : १८ बजे

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय

कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ : महामन्त्री गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औँ महाधिवेशनले

बेनी-जोमसोम-कोरला सडकको अवरोध हटाइँदै

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, शीर्ष नेताहरूको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ

दसैँ नजिकिएसँगै काठमाडौंका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला