२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रुपन्देहीका मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमा



तानसेन । मुद्रण उद्योग संघ, रुपन्देहीको दूई दिवशीय कार्यशाला पाल्पामा सम्पन्न भएको छ । संघले आयोजना गरेको कार्यशालामा संघको २ बर्षे रणनैतिक कार्य योजना तथा संस्थागत विकासका बारेमा छलफल भएको संघले जनाएको छ । गोष्ठी शुक्रबार र शनिबार दुई दिनसम्म चलेको थियो ।

कार्यशालामा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष विष्णु तिवारीले व्यवसायीहरुले आफुभित्र रहेको गलत चिन्तन र व्यवहारलाई हटाएर मुद्रण व्यवसायलाई समयानुसार स्तरयुक्त बनाउँदै लैजानु पर्ने कुरामा जोड दिए । उनले अहिले आधुनिक प्रविधिको युुग भएकाले मुद्रण व्यवसायलाई पनि सोहि अनुसार स्तरयुक्त बनाएर लैजान नसकेमा व्यवसाय धाराशाही हुने बताए ।

तिवारीले सरकारलाई मुद्रण व्यवसाय लक्षित बन्ने कानूनहरुलाई समय अनुकुल बनाउन दवाब दिनुपर्ने कुरामा जोड दिदै मुद्रण व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई व्यवस्थित बनाएर लैजान आग्रह गरे ।

कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका द्वितीय उपाध्यक्ष मनोज जिसीले हाल मुलकको आर्थिक तरलताका कारण मुद्रण व्यवसायमा समेत समस्याहरु देखिएको बताउदै जिल्लाका कामहरु बाहिर जाँदा व्यवसायीहरु मर्कामा परेको हुदा रोक्ने उपायको खोजी गर्न सुझाव दिए ।

संघका संस्थापक अध्यक्ष खेमप्रसाद लुईटेलले सरकारको आर्थिक र भन्सार नीतिमा देखिएका कतिपय अस्पष्टताका कारण मुद्रण व्यवसायमा धेरै समस्याहरु आएको भन्दै व्यवसायीवीचको एकतामा जोड दिए ।

कार्यक्रममा संघका अध्यक्ष पशुपति पौडेलले मुद्रण व्यवसायमा देखिएका समस्या समाधान गर्दै व्यवसायीवीचको एकतालाई बलियो बनाउन संघ सधै कटिवद्ध रहेको बताए । उनले रणनीति बनाएर अगाडी बढ्ने पनि प्रतिबद्धता ब्यक्त गरे ।

नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीका अध्यक्ष घनश्याम घिमिरेले सरकारी काममा कमिसनको खेलका कारण मोफसलका कामहरु बाहिर जाँदा व्यवसायीहरु मर्कामा परेको बताए ।

कार्यशालामा प्रशिक्षक दीपक ढकालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । उनले प्रविधिको विकाससँगै समय सापेक्ष र समय अनुकुलका व्यवसायिक योजना बनाउन तथ्याङक वेसमा काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा मुद्रण उद्योग संघ रुपन्देही कार्य समिति, प्रदेश समिति र केन्द्रीय पदाधिकारीसहित २२ जनाको सहभागीता रहेको थियो । दुई दिने गोष्ठीले आगामी दुई वर्षको व्यसायिक र रणनीतिक योजना निर्माण गरेको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ३० बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि