१३ श्रावण २०८३, बुधबार | July 29, 2026

डोटीमा सबै सवारी पास खारेज



डोटी । जिल्लामा पछिल्लो केही दिन यतादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले जिल्लाबाट जारी गरिने अत्यावश्यक बाहेक अन्य सबै किसिमका गाडीको पास अर्को सूचना नआएसम्म का लागि बन्द गरेको छ ।

डोटीसहित सुदूरपश्चिम प्रदेशका कैलाली तथा कञ्चनपुर जिल्लामा कोरोना भाइरसको सङ्क्रमितका बिरामी बढी रहेका र समुदायस्तरमा सङ्क्रमण हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने सवारी पास खारेज गरेको प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराइले बताए ।

जिल्ला बाहिर आवतजावत गर्ने गाडीको पास बन्द गरिए पनि आन्तरिक रुपमा सञ्चालन हुने यातायातको हकमा भने अनुमति रहेको र कोरोना सङ्क्रमणको जोखिम कम हुने उपाय अवलम्बन गरेर मात्र सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका अन्य गाडीलाई अन्तर जिल्ला प्रवेशमा रोक लगाउन सूचना जारी गरेपछि यहाँको प्रहरी प्रशासनले उक्त नियमको कडा रुपमा पालना गर्न थालेको छ । पछिल्लो समय यहाँको प्रहरीले अन्तर जिल्ला सञ्चालन हुने सवारी साधनमा रोक लगाउनुका साथै पास लिएर आएका सवारी साधन कडा रुपमा चेक जाँच गरी भित्रिन र बाहिरिन दिन थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘जिल्लामा कोरोना सङ्क्रमित बढ्न थालेपछि गृह मन्त्रालयको आदेशअनुसार हामीले अन्तर जिल्ला सञ्चालन हुने सवारी साधनमा कडाइ गरेका छौँ, हाम्रो उद्देश्य समुदायस्तरमा कोरोना नफैलियोस् भन्ने हो ।’ जिल्लामा हालसम्म ५६८ मा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ०४ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला