१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

अति बिपन्न मुस्लिम परिवारलाई रमजान अवधिका लागि खाद्यान्न



नेपालगन्ज । ईस्लाम धर्मावलम्बीहरुको रमजान पर्व नजिकिदै जाँदा नेपालगन्जमा मुस्लिम समुदायका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ।

कतार च्यारिटीको सहयोग र साझेदारीमा शनिवार र आईतवार बाँके युनेस्को क्लबले ३ सय २० घरपरिवारलाई सो सामाग्री बितरण गरेको हो।

शनिवार १ सय ६० तथा आईतवार १ सय ६० गरि कुल ३ सय २० जनालाई खाद्यान्न सामाग्री बितरण गरिएको थियो। उनीहरुलाई लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना र कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब सईद अल्मर्रीले सो सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

मुस्लिम समुदायको केही दिनपछी शुरु हुने रमजानमा रोजा बस्ने अति विपन्न परिवारलाई खानेकुराको अभाव नहोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले बताए ।

सो अवसरमा बोल्दै निवर्तमान सहरी विकास मन्त्री केसीले रोजाको मुखमा आएर अतिविपन्न परिवारको छनोट गरेर खाद्यान्न वितरण गर्नु प्रसंशनीय काम भएको बताईन्। बाँके बर्दियाका विभिन्न स्थानमा बसोबास गर्ने अति बिपन्न बर्गको उत्थानका लागि युनेस्को क्लबले संचालन गरेको कामको प्रशंसा गर्दै निबर्तमान मन्त्री केसीले आगामी दिनमा थप कार्यक्रमहरु संचालन गर्न आग्रह गरिन्।

कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर अल्मर्रीले बाँकेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको धारणा राखे। उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई कतार च्यारिटीले निरन्तरता दिने प्रतिबद्धता जनाए।

वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर खाने तेल, ३ केजी चना, २ केजी चिनी, एक केजी नुन र एक किलो सेवई गरेर ४ हजार २ सय ३८ रुपियाँको सामाग्री रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कतार च्यारिटीका राष्ट्रिय निर्देशक मोहम्मद वकास लगायतले वितरण गरिएको खाद्यान्नले विपन्न परिवारलाई रमजान मनाउन ठुलो मद्दत पुग्ने धारणा राखे।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १० : १३ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म