६ भदौ २०८३, शनिबार | August 22, 2026

रूपन्देही सुपरलिग सुरु, उद्घाटन खेलमा देवदह क्रिकेट क्लब विजयी



भैरहवा । साढे दुईदशकदेखि निरन्तर हुँदै आएको यस वर्षको रुपन्देही सुपरलिग सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा ‘ड्रिम युनिक रुपन्देही सुपर लिग-२०८०’ (वन-डे क्रिकेट प्रतियोगिता) सुरु भएको हो । लामो समयदेखि जिल्ला स्तरमा ५० ओभरमा हुने यो प्रतियोगिता मुलुकमै रुपन्देहीमा मात्रै हो ।

प्रतियोगितामा आइतबारदेखि डिभिजन ‘बी’का खेलहरु सुरु भएका छन् । उद्घाटन खेलमा देवदह क्रिकेट क्लबले बुटवल राइनोजलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले ४० ओभरमा छोट्याइएको खेलमा २० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल खडा गर्यो । जसमा सुमन सुनारले २९, सलउद्दिन खान्ले १६ र शिव कुँवरले अविजित १५ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा देबदहका सुरज खड्काले ६ दशमलब ५ बलमा २ मेर्डन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, अर्जुन रायमाझीले ३ तथा शिव ज्ञवालीले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको देवदहले ३३ ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन बनाई जित निकाल्यो । उसको जितमा सुमन पाण्डेय र संकेत भट्टराईले २७-२७ तथा कृष्ण पासीले नटआउट १२ रनको योगदान दिए । बलिङमा बुटवल राइनोज का शिव कुँवरले ३, सलउद्दिन खाँन र सन्देश ज्ञवालीले समान २-२ तथा सुभम घमालले १ विकेट लिए । खेलमा देवदहका सुरज खड्का म्यान खफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उक्त पुरस्कार एभरेष्ट कत्था मिलले प्रायोजन गरेको छ । त्यस्तै उपविजेतालाई ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यो पुरस्कारको प्रायोजन बि.के. ज्वेलर्स बैंकरोड, भैरहवाले गरेको छ । त्यसैगरी प्रतियोगिता अन्तर्गत सम्पूर्ण खेलमा म्यान अफ द म्याच हुनेलाई १ हजार २ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । सो पुरस्कारको प्रायोजन ल्याण्डमार्क होटल एण्ड रिसोर्टले गरेको छ ।

म्यान अफ द सिरिजलाई १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उक्त पुरस्कारको प्रायोजकमा हाई-लाईट बुटवल छ । प्रतियोगितामा बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यो पुरस्कारको प्रायोजन आईसीएफएसी फाइनान्स लिमिटेडले गरेको आयोजकले जनाएका छन् । त्यस्तै प्रतियोगिता अन्तर्गत सम्पूर्ण खेलमा बलको प्रायोजन लुम्बिनी प्रदेश क्रिकेट संघका सल्लाहकार अमर गुप्ताले गरेका छन् । ड्रिम युनिक कन्सल्टेन्सी प्रालि, बुटवल मुख्य प्रायोजक रहेको प्रतियोगिता २०८१ वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहको प्रतियोगिता अवधिभर ३५ वटा खेलहरु हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंह, जिल्ला संघका अध्यक्ष हरिबहादुर थापा, सचिव संजय गुरुङ लगायतले बोल्दै जिल्ला स्तरमा हुने यस्ता खेलले राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : ३९ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज