८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

सुनको सिक्री नपाएपछि मण्डपबाटै बिहे भाँड्ने दुलाहा पक्राउ



पर्सा। माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लजास्पद घटना दोहोरिएको छ।

देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको लजास्पद घटना सार्वजनिक भएको हो।

बाराको कलैया उपमहानगरपालिका ४ घर भएका अपरेटर साहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार , एक थान ल्यापटप, एक थान सुनको अंगुठी र सुनको हनुमानी माला बिहेअघि नै बेहुली पक्षसँग दाइजोको रूपमा लिएको बेहुली पक्षले बताएका छन् ।

सोमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका अपरेटर साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको घटना सार्वजनिक भएको छ। बाराको कलैया उपमहानगरपालिका(४ का बच्चलाल साहका छोरा वर्ष २६ का उमेश साहको वीरगञ्ज( २४ रानीघाटका एकजना उनकै स्वजातिको छोरीसँग फागुनमा २८ गते जन्ती लागेर बिहे हुने निश्चित भएको थियो।

सोहीअनुसार सोमबार साँझ बेहुली पक्षका आफन्तहरु उनको घर अगाडि जन्तीको स्वागतको लागि जम्मा भएका थिए। निर्धारित समयमा सोमबार राती बेहुलासहित जन्ती आयो । द्वार पूजापछि स्वयंवर बरमालाको परमपरा पनि पूरा भएको थियो। उक्त विधि पश्चात विवाहको विधि पूरा गर्नका लागि विवाह मण्डपमा पुग्दा बेहुलाले विभिन्न बहाना बनाउँदै सुनको सिक्री नपाएपछि विवाह नै भाँडेका हुन् ।

द्वार पूजा बरमाला भइसक्दा पनि मात्र ५० हजारको सिक्री नपाउँदा बेहुला बिवाह मण्डपबाट भाग्न खोज्दा झडपसमेत भएको प्रहरीले जनाएको छ। बेहुली पक्षले जति सम्झाउँदा पनि बेहुला बिहे गर्न नमानेपछि कुटपिट सुरु भएको थियो। स्थानीयको खबर अनुसार लगत्तै प्रहरी चौकी श्रीपुरबाट घटनास्थल पुगेको प्रहरी टोलीले बेहुलासहित केही जन्तीलाई नियन्त्रणमा लिएको थियो।

पर्सा प्रहरी प्रवक्ता डिएस्पी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन्। प्रहरी चौकी श्रीपुरले उक्त घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ। ुम भर्खर काठमाडौंबाट आएको छु, पीडितको तर्फ बाट अहिलेसम्म जाहेरी आएको छैन ,तथापी घटनासम्बन्धी अनुसन्धान भईरहेको छ,ु प्रवक्ता तथा डिएस्पी थापाले भने ।

यसरी घर अगाडि आएर पनि बिहे नभएर जन्ती फिर्ता गएको कारण सामाजिक प्रतिष्ठामा असर परेको भन्दै बेहुली पक्षको घरमा रुवाबासी भएको स्थानीयहरूले बताएका छन।

मधेश प्रदेशमा दाईजोको निहुँना कैयौं बुहारीको हत्यादेखि कैयौं जघन्य अपराधसमेत भइरहेको अवस्थामा मात्र एउटा सिक्रीको लागि सरकारी कर्मचारी भएर पनि बिहे रद्द गर्ने अपरेटर साहलाई कडा कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  २ : ०३ बजे

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार

रुपन्देही-४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

रुपन्देही । “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य

विराटनगर । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर