२३ भदौ २०८३, मंगलबार | September 8, 2026

विद्यालयमा नै पुगेर चार सय बढी विद्यार्थीको आँखा परीक्षण



बेनी । म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ ।

ती शिविरबाट चार सय बढी विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट धवलागिरि माविमा दुई सय ११ र सरस्वती माविमा दुई सय १७ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक सुस्मिता थापाले जानकारी दिइन् ।

शिविरमा म्याग्दी जेसिजका शाखा अध्यक्षसमेत रहेका नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले आँखा जाँच गरेका थिए । शिविरमा विद्यार्थीहरूको दृष्टि परीक्षणसँगसँगै आँखाको भित्री भाग दृष्टि नसा, रेटिनालगायतको जाँच गरिएको उनले बताए । आँखा परीक्षणका क्रममा दृष्टिभ्रमको समस्या पहिचान भएका विद्यार्थीलाई नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखामार्फत हिमालय आँखा अस्पतालबाट निःशुल्क चश्मा माग गरी उपलब्ध गराउने म्याग्दी जेसिजले जनाएको छ ।

कार्यक्रममा बेनी –४ का वडाध्यक्ष अणबहादुर खड्काले विद्यालयमै आएर विद्यार्थी र शिक्षकको आँखा जाँच गर्दा विद्यार्थीमा रहेको आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको बताए । अठार वर्षदेखि ४० वर्षभित्रका युवाको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा सक्रिय रहेको जेसिजले म्याग्दीमा सामाजिक क्षेत्र, खेलकुद, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको क्षेत्रमा रचनात्मक भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १० : २५ बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको