२९ मंसिर २०८२, सोमबार | December 16, 2025

प्राकृतिक स्रोतको वैज्ञानिक उत्खनन र उपयोग हुनुपर्छ : सांसद घिमिरे



काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्राकृतिक स्रोत-साधनको वैज्ञानिक र दीगो उत्खनन तथा उपयोग गर्ने विषयमा नीतिगत व्यवस्था हुनुपर्ने बताएका छन । बिहीबार संसद बैठकमा निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा भाग लिँदै सांसद घिमिरेले वातावरणीय प्रभाव नपर्ने गरी ठूला चट्टानी पहरादेखि वन सम्पदाको उपयोग गर्न सक्दा त्यसले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिने बताए ।

वनमा रुखहरु कुहिँएर गएका तर फर्निचर आयात बढ्दै गएको उल्लेख गर्दै सांसद घिमिरेले वातावरणीय असर नपर्ने गरी मौंजुदा प्राकृतिक स्रोत साधनको कानूनसम्मत उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । संसदमा पेश भएको विधेयकले निर्माण सामग्रीको उत्खनन, संकलन, प्रशोधन, बिक्रीको दीगोपन तथा सहज आपूर्तिको व्यवस्थापन र नियमनका सन्दर्भमा देखिएका समस्याहरु हटाउने उनको भनाइ छ । नीतिगत अस्पष्टता र पालिकाबीच समन्वय नहुँदा नदीजन्य पैदावारको उत्खनन, संकलन र बिक्रीका सन्दर्भमा जटिलताहरु देखिएको बताउँदै सांसद घिमिरेले प्रस्तुत विधेयकले धेरै समस्या हटाउने अपेक्षा गर्न सकिने बताए ।

कतैं नदीजन्य पैदावारको औपचारिक रुपमा उत्खनन नैं नगर्ने, कतैं अत्याधिक दोहन गर्ने समस्याले विभिन्न वातावरणीय समस्या निम्ताएको बताउँदै उनले नदीजन्य पैदावारको घाटगद्दी, दररेट, अनुगमन, मूल्यांकन, राष्ट्रिय गौरवका आयोजनामा दिने, खोलानदीको सीमाना सम्बन्धी विद्यमान विवादलाई विधेयकले सम्बोधन गर्ने उनको विश्वास छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ क. को उपदफा (१) र (३) खारेज हुने गरी सरकारले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्माणमुखी सामग्रीको उत्खनन, संकलन, प्रशोधन तथा बिक्रीको सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, त्यसमा विभिन्न समस्या देखिएपछि सरकारले यो विधेयक ल्याएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको