९ पुस २०८२, बुधबार | December 24, 2025

तिलोत्तमा ५ मा मन्टेश्वरी शिक्षक तालिम सम्पन्न, ३९ जना दिक्षित



तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एस बी भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटको प्राबिधिक सहयोगमा मंंसिर ३० गतेदेखि शुरु भएको मन्टेश्वरी शिक्षक तालिम सम्पन्न भएको छ ।

तिलोत्तमा-५ स्थित सरस्वति पन्चायतन मन्दिर बैदिकाश्रमको सभाहलमा सम्पन्न तालिममा वडाभित्रका ३९ जना महिलाहरु दिक्षित भएका छन । तिलोत्तमा वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रेको अध्यक्षता रहेको तालिम समापन कार्यक्रममा बोल्दै तालिमका मुख्य प्रशिक्षक एवं एस बि भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटका संचालिका सुनिता कार्कीले स्वरोजगार एवं सिपयुक्त महिला जनशक्ति उत्पादनका लागि तालिम फलदायी साबित हुने बताए ।

सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष रमेश डुम्रेले महिलाहरु अब सिपसंगै आत्मनिर्भरता र स्वरोजगार बन्नुपर्छ भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए । उनले तालिम सिकेर मात्रै रोजगार पाउने भन्ने नभई तालिमपछि आफुलाई उत्पादनसंग जोड्नुपर्ने र राज्यले पनि प्रभावकारी निति बनाएर मन्टेश्वरी बिधिलाई देशैभरि लागु गर्नुपर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा बोल्दै वडा सदस्य हरि पन्तले तालिम समापनसंगै दिक्षित भएकाहरुलाई वडा तथा नगरक्षेत्र भित्र रहेका मन्टेश्वरी बिद्यालयहरुसंग सहकार्य गरि जागिर लगायतका कर्महरुमा जोड्न प्रयास गरिने बताए । टोल बिकाश सस्थाको तर्फबाट शान्ति टोलविकाश संस्थाका अध्यक्ष हरि पाण्डे तथा हरियाली टोल विकाश संस्थाका अध्यक्ष बिमला अर्याल लगायतले मन्तब्य दिएको कार्यक्रममा निशुल्क जुनियर डिप्लोमा मन्टेश्वरी तालिममा दिक्षित भएकाहरुलाई अध्यक्ष लगायतले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३८ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका