२९ भदौ २०८३, सोमबार | September 14, 2026

तिलोत्तमा ५ मा मन्टेश्वरी शिक्षक तालिम सम्पन्न, ३९ जना दिक्षित



तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एस बी भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटको प्राबिधिक सहयोगमा मंंसिर ३० गतेदेखि शुरु भएको मन्टेश्वरी शिक्षक तालिम सम्पन्न भएको छ ।

तिलोत्तमा-५ स्थित सरस्वति पन्चायतन मन्दिर बैदिकाश्रमको सभाहलमा सम्पन्न तालिममा वडाभित्रका ३९ जना महिलाहरु दिक्षित भएका छन । तिलोत्तमा वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रेको अध्यक्षता रहेको तालिम समापन कार्यक्रममा बोल्दै तालिमका मुख्य प्रशिक्षक एवं एस बि भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटका संचालिका सुनिता कार्कीले स्वरोजगार एवं सिपयुक्त महिला जनशक्ति उत्पादनका लागि तालिम फलदायी साबित हुने बताए ।

सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष रमेश डुम्रेले महिलाहरु अब सिपसंगै आत्मनिर्भरता र स्वरोजगार बन्नुपर्छ भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए । उनले तालिम सिकेर मात्रै रोजगार पाउने भन्ने नभई तालिमपछि आफुलाई उत्पादनसंग जोड्नुपर्ने र राज्यले पनि प्रभावकारी निति बनाएर मन्टेश्वरी बिधिलाई देशैभरि लागु गर्नुपर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा बोल्दै वडा सदस्य हरि पन्तले तालिम समापनसंगै दिक्षित भएकाहरुलाई वडा तथा नगरक्षेत्र भित्र रहेका मन्टेश्वरी बिद्यालयहरुसंग सहकार्य गरि जागिर लगायतका कर्महरुमा जोड्न प्रयास गरिने बताए । टोल बिकाश सस्थाको तर्फबाट शान्ति टोलविकाश संस्थाका अध्यक्ष हरि पाण्डे तथा हरियाली टोल विकाश संस्थाका अध्यक्ष बिमला अर्याल लगायतले मन्तब्य दिएको कार्यक्रममा निशुल्क जुनियर डिप्लोमा मन्टेश्वरी तालिममा दिक्षित भएकाहरुलाई अध्यक्ष लगायतले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३८ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा