२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलमा आयोजित रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स सम्पन्न



बुटवल । बुटवलमा गत सुक्रवार शुरु भएको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स आईतबार समापन भएको छ । ३ दिन सम्म चलेको डिष्ट्रिक कन्फ्रेन्समा रोटरीले देशभर संचालन गरेका विभिन्न परियोजना, तिनिहरुले समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशा बारे छलफल गर्दै समापन गरिएको हो ।

कन्फ्रेन्समा देशभरीबाट १७ सय बढि रोटरी सदस्य तथा अन्य पाहुनाहरु गरि १८ सय बढिको सहभागिता रहेको थियो । नेपाल सरकारका उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री रघुबिर महासेठले उद्धघाटन गरेको कन्फ्रेन्समा विभिन्न फरक फरक बिषयका सेशनहरुमा सामाजिक क्षेत्रका अभियान्ता र रोटरी क्लवका अगुवाहरुले सहजीकरण गरेका थिए ।

कन्फ्रेन्समा रोटरीको महत्वपुर्ण एक अंगको रुपमा रहेको सदस्यता विस्तार, सर्भिस प्रोजेक्ट, युथ डेभलपमेन्ट, वुमन एण्ड लिडरसिप, पब्लिक ईमेज, ईकोनोमिक डेभलपमेन्ट लगायतका विषयमा छलफल गरिएको डिष्ट्रिक कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले जानकारी दिए ।

कन्फ्रेन्समा रोटरीका पुर्व गभर्नरहरुका अलावा तुरुङग्राम ग्याल्वा रिम्पोछे, चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल, गायक प्रमोद खरेल, अफसर अली, गायीका मिलन नेवार, मेनुका पौडेल, मिस नेपाल वल्ड श्रीच्छा प्रधान, पत्रकार टिकाराम यात्री, ब्राण्डिङ एण्ड मार्केटिङ एक्स्पर्ट प्रणाया केसी लगायतले आ आफ्नो क्षेत्रको बिषयमा सहजीकरण गरेका थिए ।

कन्फ्रेन्स समापनको अवसरमा विभिन्न क्षेत्रका अवार्ड तथा पुरस्कार वितरण गरिएको थियो । त्यस्तै वर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने क्लव, क्लवका अध्यक्ष तथा सचिवहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा दृष्टि बिहिन गायीक मेनका पौडेललाई नगद २५ हजार र मानवसेवा आश्रम बुटवलकी टिका थापालाई नगद १० हजार सहित सम्मान गरिएको रोटरी क्लबका एसिसटेन्ट गभर्नर यादव भण्डारीले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ११ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा